Posted by: Bennedict October 6, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
सनकलालजी,

यो गेडा टपिक लेख्ने मान्छे को हो भन्नुस् त? म हो? जो हो उसलाई भन्नु भाको भए राम्रो हुन्थ्यो होला। अनी हामी जस्तो भर देश बिकास नभाको हो भने चै तपाईं भर चै के नै भाको छ र? २४/७ साझा बस्ने त तपाईं र पाण्डे नै होला हैन? तपाईंले चै के गर्नुभाको छ त्यस्तो? पुरा डाँडै काटेको जस्तो पो कुरा गर्नु भो। अनी हो यहाँ प्रतियोगिता हुँदै छ कसको बोलिमा दम छ भनेर, तपाईंलाई सुन्न, पढ्न इन्ट्रेस्ट नभए महाशय ढोका खुल्ला छ, कसैले तपाईंलाई यहाँ बन्द गरेर लेख कि लेख त गरेको छैन होला नि हैन? अहिले अण्डीजीको रिसको शिकार हुनु भो भने त तपाईंको मुखबाट "ऐया" निस्कन पनि मुश्किल होला हो।
गतिलो कुरा गर्ने तपाईं मात्र रे, रियल्ली? के हो त्यस्तो गतिलो कुरा तपाईंको? अहिले सम्म त अरुलाई गाली गरेको, बाझेको मात्र देख्छु, भन्न मन लाग्यो भनेर जे पाए तेही भन्ने? अनी हामी हरु हल्का डिग्री लिएर यहाँ आएको भनेर तपाईंले कसरी भन्नुभो? अनी त्यो पनि चोरी गरेर रे? के हो यस्तो खुलेआम assumption गरिदिने? पहिले बुझ्नुस् को सँग बोल्नुहुदैछ भनेर ल अनी मात्र यस्तो कुराहरु लेख्नुहोला नत्र त तेस्तै हो, सिधै इग्नोर।
काग कराउदै गर्छ पिना सुक्दै गर्छ।
Read Full Discussion Thread for this article