Posted by: nepalikaila September 15, 2021
https://www.youtube.com/watch?v=-nmPyUT44Ck
Login in to Rate this Post:     0       ?        
कुनै जादु थियो, कुनै संगीत
यो त भ्रम थियो, यो हो की प्रीत
कुनै भाव थियो, कुनै गीत
यो त खेल थियो, यो हो कि जीत

आवाजमा खोजिरहे शब्दहरु
हारेर बिसाएँ
बोल्यौ मौनतामा
आँखामा खोजिहरे छविहरु
थाकेर निदाएँ
मुस्कायौ मनमा

गोरेटोमा खोजिरहे पाइलाहरू
अडेर सुस्ताए
आयौ जीवनमा
सपनामा खोजिरहे साथहरू
झस्केर बिउँझिए
भित्रियौ आत्मामा
Read Full Discussion Thread for this article