Posted by: Bennedict September 13, 2021
Day trading (US stocks) in Nepal
Login in to Rate this Post:     0       ?        
लोगनको बाजे,
भुषण दाहालले त्यस्तो भनेको चै दु:ख लाग्यो। तेत्रो समय टि.भी मा खर्चेर अहिले चै सबैलाई "द्रब्य" नै चाहिदो रहेछ भन्नु साह्रै पथेटिक सुनियो। अब चै कुखुरा पाले पनि कसले के भन्न मिल्छ रे घर-जग्गा बेचबिखन गरे पनि के रे, धत। नेपालमा दुरदर्शी रहेका कलाकार नाम लिदा चै मदन कृष्ण र हरी बंश भन्नुपर्ला, आफ्नो कलाकारीता सङ्-सङै उहाहरुको आफ्नो मह संचार, हस्पिटल, स्कुल धेरै ठाँउहरुमा लगानी रहेको मैले सुनि-आएको हो। अब भुषणजी चै यो सबैमा दुर्दर्शिता नदेखाएर टि भि ले के के न दिन्छ जस्तो गरे, अहिले अब क्यापिटल चाँहिदो रहेछ, छोरीलाई बाहिर पढाउन पैसो चाँहिदो रहेछ भनेर बुज्ने भएछन क्यार। अफसोस, जिन्दगीको उतरार्धमा यस्तो बोध भएछ। अझ छाती फुलाएर आफ्नो गल्ती पनि भन्ने के, कस्तो अजिब मानसिकता हो यो?
बाँकी लोगनको बाजे, तपाईंलाई के भन्ने, तपाईंको केस सबैलाई लागु हुन्न होला, किन भने तेत्रो पैसा तपाईं जस्तरी सबैले लगानी गर्न सक्दैनन होला, तपाईंको आँट पनि आउन्न होला, अब श्वासनी खत्रा जागिर खाने, दुइवटा अमेरिकन छोरा भएको, अमेरिकामा घर, तपाईंको त अमेरिकामा भाको धेरै नेपालीहरु भन्दा केस फरक छ नि। देख्नु भएन टीपीएस को कती धेरै थ्रेड छन यहाँ, इम्मिग्रेशनको कती अजिब अजिब समस्या आउछन, तर अब कामधाम नगरि इन्भेस्टमेन्ट मात्र गर्छु भन्दा चै अजिब लाग्यो। घर बस्दा बस्दा त मानसिक बिरामी पो होला गाठे। जिन्दगीमा जब गर्‍यो भने स्ट्रक्चर आउछ, गती आउछ, अब तपाईं त एक मिल्लियन लटरी जितेर अब काम किन गर्नुपर्‍यो र भनेर बस्ने मान्छे जस्तो पो देखियो। सानोमा ठुला बडाले भन्थे, अम्मल, लत भनेको जे कुराको पनि राम्रो हुन्न, चाहे त्यो चुरोट, बिडी होस् या जुवा, तासको।

अब तपाईंको नेट वर्थ २ मिल्लियन भन्नुभाको छ, मैले के भनम हजुर? पैसाले केही प्रब्लम चै सोल्व होला, तर सबै प्रब्लम त नहोला।
Read Full Discussion Thread for this article