Posted by: Dada_Giri December 26, 2004
Temples should be Corruptionless Area
Login in to Rate this Post:     0       ?        
मन्दिर संरक्षण र सञ्चालनको उद्देश्यले बनाइएको ऐतिहासिक ताडपत्रमा भट्ट-भण्डारीले प्रवेशअघि वाचा गर्नुपर्ने व्यवस्था छ । यही परम्पराअनुसार हाल पूजारत भट्ट र भण्डारीहरूलाई पनि पशुपति भण्डार तहबिलका बिसेट नाइकेले मन्दिर प्रवेश गराउनुअघि पशुपति क्षेत्रका एघार महादेव मन्दिरमा लगी वाचा गराएका थिए । वाचामा 'दिउँसो र्सूर्य र रातमा चन्द्रमालाई साक्षी राखेर मन्दिरमा चढाइएका सुन, चाँदी, तामा, सिल्भर, फलाम, लुगा र फलफूलहरूमा लोभ गर्दिन", लोभ गरी लिए पञ्चपातकी बराबरको श्राप लागोस्' भन्ने उल्लेख छ ।
Read Full Discussion Thread for this article