Posted by: crazy_love May 19, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     2       ?         Liked by
भाग-६

"तेसो भए म सँग कुरा नगर!"
"कस्तो छुच्ची तिमी त! देउ मलाई इ-मेल उसले मेरो इ-मेल लियो।
लिसा कहाबाट टुप्लुक्क आइ। उसले हामी दुबैलाइ पुलुक्क हेरी, अनी आफ्नो धुनमा लागि। हम्बलले बिस्तारै मेरो हात तान्यो र कसैले नदेख्ने गरी लेख्यो उसको फोन न। मैले हत्तनपत्त आफ्नो हात ताने, मेरो मुटु ढुकढुक भयो। ऊ मेरो अनुहारमा मायालु पाराले हेर्दै निस्कियो। मेरो मुटुको "ढुक ढुक" लिसाले सुनी के सुनिन। मैले धेरै बेरसम्म सुनिरहे, त्यसमा "हम्बल"को नाम धड्किरहेको थ्यो।

"तिमी त कस्तो डरछेरुवी!" हम्बलको पहिलो इ-मेल खाली एक लाइनको थ्यो।
"तिमी कतिको बहादुर छौ त?" मेरो प्रश्न थ्यो।
"म जे पनि गर्न सक्छु तिम्रोलागी।"
"यो डाइलग त पहिला पनि सुनेको हो। नयाँ कुरा गर।"
"तर म जुन तारा झार्न सक्दिन। म सँग साधारण मुटु छ। त्यसमा तिमीलाइ राख्न सक्छु।"
"त्यहा त अरु कोही पनि बस्छ हैन र?" मैले अप्रत्यक्ष रुपमा उसलाई सोधे।
"बस्न त धेरै जना डेरा बसे अनी छोडे तर तिमीलाइ म सधैंको लागि राख्न चाहन्छु।"
"मलाई भोली के हुन्छ थाहा छैन। सधैंको लागि कसरी भन्न सक्छु।"
"हुन त! मेरो पनि भोली को ठेगान छैन।" "किन हामी धेरै कुरा सोच्दैछौ? " भोली के हुन्छ कसैलाई थाहा छैन। आज तिमी छौ र म छु। बस यती काफी छैन?"
"तर आज पनि त तिमी टाढा छौ। मैले चाहेर पनि तिम्रो स्पर्श पाउन सक्दिन।"
"मेरो लागि त तिमी धेरै नजिक छौ। यही मेरो मुटु भित्र" उसले त्यसमा हार्ट्को इमोजी पठाएको थ्यो।
"म तिमी भन्दा धेरै बर्ष जेठी छु। मेरो छोराछोरी छन। लोग्ने पनि छ। म बिबाहित हुँ।"
"के विवाह हुँदैमा प्रेमको आयु सकिन्छ? प्रेम त यसै हुन्छ। बिना कारण, बिना स्वार्थ, बिना बिचार। सबै कुरा सोच्यो भने त प्रेम हुँदैन, ब्यापार हुन्छ। यो सबै नियम त समाज को हो।"
"मलाई मेरो चिन्ता लाग्दैन। तिम्रो पीर लाग्छ। तिमी एउटा राम्रो मन भएको मान्छे। कतै तिमीलाइ धेरै दु:ख हुन्छ कि भनेर।“
"त्यसको मतलब तिमी मलाई मन पराउछौ। मेरो बारे सोच्छौ।"
"त्यो त तिमीलाइ थाहा छ। मेरो आँखाले के भन्छ ?"
"मलाई थाहा छ। तिम्रो मनमा पनि म छु भनेर।" उसले लोल को इ-मोजी पनि पठाएको थ्यो।
"कसरी थाहा पायौ?" मैले पनि लोल पठाएँ।
"मेरो आँखाले तिम्रो मनको एक्स्-रे गर्छ नि त!"
"खुब जान्यौ मेरो मनको कुरा! अहिले तिमी को सित छौ?"
"तिमी सित!" फेरी उसले लोल पठायो।
"बदमास!" मैले रिप्लाई पठाएँ।
*******************************************************************************************
बेलुकी म घर फर्के। घर सुनसान थ्यो। छोराछोरी कलेज फर्किसकेका थे। घर एक्लो थियो। घरमा मान्छे भए पनि नभए पनि घर आजकाल शुन्य नै हुन्छ। मलाई मुवी हेर्न मन थियो नेटफ्लिक्स्मा। चस्मा बिना म धमिलो देख्थे। त्यसैले मैले मुविको लागि मात्रै भनेर राखेको चस्मा भेटिन। मेरो बेड्साइड् टेबलमा हुन्थ्यो चस्मा। तर थिएन। कोठाभित्र कही नभेटे पछी मैले लिविङ रुममा खोजे त्यहा पनि थिएन। लिबिङ रुममा जादै गर्दा मैले कसैले बोलेको जस्तो सुने। हैन, कसैले मलाई बोलाएको जस्तो थियो। ऊ आफ्नै कोठाबाट लर्बरिएको आवाजले मलाई बोलाई रहेको थ्यो।

"यता आउ त!"
"किन?" उसलाई लागिसकेको थ्यो। म झगडा गर्न चाहन्थे। ऊ खाटमा बसेर सुतेर मेरो चस्मा लगाइ रहेको थियो।
"तिम्रो चस्मा खोइ?" मैले सोधे।
"हरायो।" उसको जवाफ।
"मेरो चस्मा किन लगाएको?"
"मेरो चस्मा हरायो भन्छु!"
"मैले चाँही लाउनु पर्दैन?"
"हेत्तेरी! कस्तो निहु खोज्ने यो आइमाइ? मेरो चस्मा पाए पछी दिन्छु नि!"
"मलाई नेट्फ्लिक्क्स हेर्नु पर्‍यो। देउ, मेरो चस्मा।"
"पहिला मलाई उठाउन, यार। तिम्रो चस्मा म खान्न क्या क्या!"
"आफै उठ्न सक्दैनौ?"
"कस्तो दया नभएकी आइमाइ। यस्तोमा त शत्रुले नि मद्दत गर्छ यार। अली धेरै भएछ क्या आज। मलाई बाथरुम जान पर्‍यो। छिटो प्लिज।"
“सबभन्दा पहिला त उठ्न नसक्ने गरी किन खान पर्‍यो?”
"थाहा हुने गरी कसले रक्सी खान्छ? ए, बाबा! आफुलाई पिसाब लागिसक्यो, उसलाई चाँही हाजिरजवाफ प्रतियोगिता छ।""
"अरु बेला त वास्ता गर्दैनौ त। अहिले उठाउन त मै चाहिदो रैछ त तिमीलाइ।"
"हे भगवान! कुन जुनिको पापले मैले यस्तो श्वासनी पाएछु!" भन्दै उसले जिउ उठायो, आधा पनि नउठ्दै फेरी बेडमा ढल्यो।
"ल, देउ तिम्रो हात!" मैले उसलाई उठाउन कोशीश गरे।
"मलाई मात्रै उठाउ। हात उठाउने हैन।" ऊ जोक गर्दैथ्यो, मैले उसलाई हात मात्र समाएर उचाल्न सकिन। अलिकती घोप्टो परेको थिए। मेरो खुट्टा भुइमा खसेको उसको टि-सर्टमा अल्झ्यो र म झन ऊ माथि नै लडे।
ऊ हाँस्यो। म उसको अगाडि हासिन। रिस उठ्यो तर भित्र भित्र हासे।
"अब हामी दुबै जना लडे पछी कसले कसलाई उठाउने?" ऊ मरी मरी हाँस्दैथ्यो। म हत्त न पत्त उठे।
"सुन त!"
"के?"
"तिमी कथा लेख्दैछौ है साझामा?"
म झस्के। उसले कसरी थाहा पायो? मैले उहिले एक चोटि धाक देखाएकी थे। मेरो साझामा फ्यानहरु छन भनेर। तर मलाई उसले साझा हेर्छ भन्ने थाहा थिएन।
"किन?" मलाई डर लागेको थ्यो।
"तिम्रो कथामा म हिरो हुन्छु कि विलेन?" उसले ब्यङ गर्‍यो।
" म अरु कसैलाई किन पात्र बनाउछु। मेरो कथाको हिरो पनि मै हुँ र विलेन पनि मै। “
मैले सम्झे, कतै पढेको कुरा। “ तिमीलाइ थाहा छैन लेखकलाई कहिले रिस नउठाउनु। यदी चाह्यो भने लेखकले अनायासै पात्रको मृत्‍युको कथा लेख्न सक्छ।“
"ठिक छ, कलम तिम्रो, कथा तिम्रो, तर बदनाम म!" उसको आवाज सानो हुँदैथ्यो, उसलाई निद्रा लागेको जस्तो थ्यो।
"तिमी उठ्ने की न उठ्ने?" मैले सोधे।
"भैगो, नउठ्ने।" ऊ आँखा बन्द गर्न लागेको थ्यो।
"मेरो चस्मा देउ!"
"लग!" मैले चस्मा लिए। ऊ घुर्न थालयो। उसको दारी फुल्न थालेको थ्यो। कपाल जिङरिङ्ग थ्यो। मैले उसको  निदाएको अनुहार हेरे र सम्झे यो त्यही अनुहार थ्यो, यो उही मान्छे थ्यो, जसलाई मैले धेरै अघी मन पराएको थिए। आफ्नो बनाएको थे। तर अहिले यही अनुहार, यही मान्छे मलाई किन मन पर्दैन? मान्छे बदलिएको की  समय?

पहिलो चोटि उसलाई मैले कलेजमा भेटेको थे। म चन्चल, बोल्ने, हास्ने। ऊ एकदम गम्भिर। मलाई क्लास बँक गर्दै मुवी हेर्न जानु पर्ने। ऊ सधैं पढाईमा मस्त। उसले मलाई कहिले हेर्न थालयो मलाई थाहा भएन। मेरो साथीहरु भन्थे, "तिमीहरुको जोडी आकाश जमीनको फरक छ, केही मिल्दैन।" त्यतिखेर मलाई ती कुराहरु त्यती वास्ता लागेन। बिहेको केही बर्ष सम्म ऊ खुलेर बोल्ने भइसकेको थ्यो, बिस्तारै बिस्तारै ऊ फेरी बन्द किताब जस्तै हुन थालयो। मलाई उसको मनभित्र के भैरहेको छ भन्ने कुरा बुझ्न एकदम गार्हो थ्यो।

ऊ मान्छे खराब हैन। यदी उसको जिन्दगीको फ्रेमबाट मलाई हटाउने हो भने ऊ एक ज्ञानी छोरो, असल बुवा र राम्रो साथी। उ छोराछोरीसँग नजीक छ। किनभने सानो हुँदा उनिहरुलाई उसैले हुर्काएको हो। मेरो धेरै ट्राभल गर्ने काम थ्यो। घरमा मैले उनिहरुलाई समय दिन सक्थिन। घरको सबै ब्यहार उसैले मिलाउथ्यो। म ए टि एम जस्तो पैसा उसैलाई दिन्थे। सबै ठिकै थ्यो, ठीक चलिरहेको थ्यो जस्तो लाग्थ्यो जिन्दगी। अचानक ऊ झर्को मान्ने, रिसाउने हुन थालयो। उसको पुरुष इगोमा बारम्बार म चोट पुर्याइ रहन्थे। ऊ लोग्ने हुन नसक्नुको निराशाको खाल्डोमा खस्दै थ्यो। हामी बिचको दुरी बढ्दैथ्यो। त्यसलाई बढ्न नदिन न ऊ सक्थ्यो, न म सक्थे।
यदी हम्बल र उसलाई सङै राखेर हेर्ने हो भने यो उमेरमा पनि ऊ नै ह्यान्ड्सम देखिन्छ। । ऊ अग्लो कालो कालो हिस्सी परेको छ। हम्बल सानो कदको र धेरै गोरो छ। खास हो भने मलाई गोरो भन्दा खैरो खैरो रङ मन पर्छ। उसको नाक नक्सा सबै मिलेको छ, हम्बल धेरै दुब्लो र फोहोरी देखिन्छ दारी पालेर। हम्बल र मेरो जोडी सुहाउछ कि सुहाउदैन भनेर सोच्दै उसको कोठाबाट निस्किने क्रममा थे, औशधीको सानो बोतल मेरो खुटामा ढलेको देखे । मैले उठाएर हेरे। "प्रोज्याक" २० मिलिग्राम को थ्यो। "प्रोज्याक" डिप्रेसनको बिरामीले खाने औशधी हो। के उसलाई डिप्रेसन भएको थ्यो? मैले बोतल खोल्न खोजे। बोतल सिल्ल्ड थ्यो। कहिले खोलिएको थिएन। मतलब उसले औशधी खाएको थिएन। उसको नामको बोतलमा १ बर्ष अघिको मिती थ्यो। यसको मतलब उसलाई १ बर्ष अघी नै डिप्रेशन थ्यो, तर उसले औशधी खाएको थिएन।

मेरो मन खल्लो भयो। यो मान्छेलाई डिप्रेशन पनि रैछ। म ब्यर्थैमा उसलाई दोष दिन्छु हरेक कुराको। उसको शरीर मात्रै हैन, मन पनि त बिरामी रहेछ। उसलाई मनको पनि उपचार चाहिन्छ, र तनको पनि। मैले कसरी देखिन उसको लक्षणहरु? ऊ रिसाउथ्यो, तर्किन्थ्यो, मलाई देख्यो कि झिजाउथ्यो। मैले यो सबै खाली उसले मलाई मन नपराएको भन थाने। तर उसको दिमागमा उसलाई मुड खुशी बनाउने न्युरोट्रान्स्मिटरहरु सेरोटोनिनको कमी भैरहेको थ्यो। त्यस्तो बेलामा मैले उसलाई साथ दिनु पर्थ्यो। ऊ सङै हुनु पर्थ्यो। तर उसले मलाई कहिल्यै केही भनेन। ऊ काम पनि गरिरहेको थ्यो। उसको कोठा सधैं अस्तब्यस्त हुन्थ्यो, मैले त्यसलाई ठुलो कुरा मानिन। यो मान्छेलाई फङ्सनल् डिप्रेसन भएको हुनु पर्छ।

म कती स्वार्थी! आफ्नै मात्रै आबश्यक्ताको कुरा गर्ने! आफु मात्रै दुखी। आफ्नै मात्र पीर! आफ्नो मात्र रहर! यो सबैको धुनमा मैले जिबनको यो पलमा म एक्लै हैन, परिवारसङ बाँचेको छु भन्ने बिर्सिसकेको रहेछु। मैले आफ्नो मात्र खुशी खोज्ने प्रयास गरेकी रहेछु। कती नारीहरु लोग्ने मरेपछी पनि आफ्नो धर्मको पालना गर्छन्। उनिहरुलाई पनि त रहर हुदो हो, तर पनि संयम गरेर बाँचेका छन। मेरो रहर ठुलो कि परिवारको खुशी? मेरो चाहना ठुलो कि उसको स्वास्थ्य?

म यस्तै दोधारमा परेको थे। मलाई जिन्दगीसँग अहिले हार मान्ने मन छैन। तर जिन्दगीले मेरो रहर अब पुरा गर्न सक्दैन। मेरो रहर अधुरो भएपछी मन उदास हुन्छ। मन र तनको उदासीले कसैलाई फाईदा गर्दैन। यो उदासीको बाटो पनि बित्रिश्ना र कुन्ठाको सँगम, डिप्रेशनमा जाने हो। म यो बाटो जान चाहदिन। म स्वस्थ भये उसको स्वास्थ्यको हेरबिचार गर्न सक्छु। मै रोगी भये भने उसको कसले वास्ता गर्छ। म मन र शरीर दुबैले स्वस्थ हुनु पर्छ।

बिहानको अलार्मले म ब्युझीए मेरो तन्द्राबाट काममा जाने बेला भैसकेको थियो। तर म अनिदै थे। आँखाहरु थाकिसकेका थे। तर अब निदाउन समय थिएन। फोनमा उसको इ-मेल थियो।
"तिमी रातभरी मलाई जगाएर कसरी निदाउन सक्छौ?" एउटा मुस्कानको इ-मोजी थ्यो।
"म त निदाएकै छैन!"
"त्यसोभए तिमी मलाई  कल्पना गरेर बसेकी होली।"
"तिमीलाई थाहा छैन मेरो मन भित्र कती धेरै हुरीबतास चलिरहेको छ।"
"सरी! के तिमीलाइ सन्चो छैन?"
"मलाई त सञ्चै छ, मेरो मन सधैं उदास हुन्छ।"
"मेरो कारण त हैन?"
"हैन।"
"तिमी काम मा आउछौ?"
"आउँछु। मेरो काम बाहेक अरु जाने ठाउँ नै कहाँ छ र?"
"कफी खाने?"
"म बाटोमा किन्छु होला।"
"पर्दैन। म ल्याउछु, कुन कफी खाने?"
"तिमी जे खान्छौ त्यही!"
"ल ! ल! तिमी मनमा धेरै कुरा नखेलाउ!"

मैले हुन्छ त भने तर म के भनु? पाठकब्रिन्द, तपाईंहरुलाई के लाग्छ? उसलाई सबै कुरा बताउ कि नबताउ?
क्रमश:
Last edited: 20-May-21 08:29 AM
Read Full Discussion Thread for this article