Posted by: Bennedict May 14, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     1       ?         Liked by
सीएल जी,
तपाईंको लेखनशैलीको जती तारिफ गरे पनि कमै हुन्छ, म आशा गर्छु, यौनिक कुराहरुलाई छाडा, भद्दा तरिकाले प्रस्तुत गरेर छणिक फेम पाउने लेखकहरुले तपाईंबाट केही सिकुन, पोर्न जस्तै लाग्ने कथा, अनुभव पढ्न किन साझा नै आउनुपर्‍यो र हैन र? सबैको हात खुल्ला छन, इन्टरनेट शुलभ छन, जाने ठाउँ हज्जार छन, कसलाई के सिकाउनु पर्‍यो? त्यो पनि अहिलेको जमानामा।
पहिले पहिले बन्ने फिल्महरुमा हिरो हिरोइन आदर्शका प्रतिक हुन्थे, नराम्रो कुरा, नराम्रो गतिबिधी केही पनि गर्दै गर्दैनन जस्तो गरेर प्रेजेन्ट गरिन्थे अनी हामी पनि तेस्तै हुनुपर्छ भनेर ज्ञान बाडिन्थ्यो। अहिले भने हामी सबैमा केही न केही नराम्रो अवगुण पनि हुन्छन, हामी सबै मिस्टेकहरु गर्छौ, हामी कोही पनि पर्फेक्ट हुन्नम यस्तै भनेर देखाउने, कथामा लेखिने गरिन्छ अनी तपाईंको कथामा पनि तेही एस्पेक्ट भरिएको पाए। यसले कथालाई रोमान्चक त बनाएको नै छ र हामी सबैले रीलेट पनि गर्न सक्छौ होला। यस्तै कुरा मैले Unfaithful मुभिमा पनि पाएको थिए, एक अधबैसे विवाहित आईमाई, अनह्याप्पी म्यारिज एक अविवाहित केटासँग तानिन्छिन, अनी त्यँहा माया मात्र नभर यौनले पनि मुख्य भूमिका खेल्छ। यो फिल्मले चाँही यौन, माया, बच्चा, परिवार सबै कुरालाई ब्यालान्स गरेको जस्तो लागेको थियो, खाली यौन, र यौनका तरिका मात्र देखाएको भए, पोर्न मुभी नै बन्थ्यो होला तर तेसो नभर धेरै कुराहरु त्यँहा छन, रीग्रेट, डाह, आरिस, बदला, पश्चाताप, सबै। लास्टको सिन चै खासै अबिस्मरणिय थियो भनौ, गती छोडेर बाटो बिराएकी आईमाईले सोच्छिन "त्यो न्यू योर्कको सडकमा म नगएकी भए, त्यहा अनाकारण लाग्ने दिउसो को हावामा म नरुम्मलेकी भए, त्यो घरको त्यो केटासँग नभेटेकी भए, भेटे पनि तुरुन्तै फर्केकी भए, मलाई चै साच्चै राम्रो लागेको थियो। म फिल्मको ज्ञाता त हैन, तर एउटा कुरा के बुझे भने, त्यस्तो फिल्महरु नै ज्यादा चले, चर्चामा रहे, जसले मान्छेहरुमा धेरै डीबेट गर्ने टपिकहरु ल्याइदिए, खैर।
तपाईंको कथाले के मोड लिन्छ, ब्यग्र प्रतीक्षा रहनेछ है।
Read Full Discussion Thread for this article