Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
बैठक बस्यो हेडसरको सरुवा पक्का! हेडसरले भने "अब यो कृष्णको तलब मिलाउन पर्ने छ, बरा धेरै वर्ष सेवा गर्यो, निजि श्रित नपुगेर ४०० मा काम गर्दै आयो, आजबाट यसलाई थाइ गरिदिने अनि १५०० हुन्छ।मैले जिल्लाबाट सविकृत लिएर आइसकेको छु। केटाहरु सबैबाट ताली आयो। हेडसरले मुखले गाली गरे पनि च्याँकेको २५ वर्षसम्मको मिहिनेत नेदेखेका त हैनन् नि। भोलिपल्ट हेडसरको बिदाई! च्याँकेले नजिकैको देऊरालि पुगेर हेडसरलाई बिदाइ गर्न लाली गुराँस टिपेर ल्याएको थियो। हेडसरले २५ वर्ष सेवा गरेको स्कुल छोडेर जाने बेला २ शब्द बोल्न अगाडी सरे , हेडसरका आँखाबाट आँशु आए। सबैले तल हेरे। सबे शिक्षकको १ महिनाको तलब जोडेर प्लास्टर गरेको ग्राउण्ड ... ... ... १,२ जना अभिभावक घुँक्क घुँक्क गर्दै थिए।
Read Full Discussion Thread for this article