Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
"ए कृष्ण! घण्टी लाउने बेला भयो, कता गयो कृष्ण?" हेडसरको आवाज आँपको रुखमुनि सम्म सुनियो। "बोला चुच्चे बोला, घाँटी सुक्ने गरी बोला, तँलाई ९ कक्षामा हुँदा ३ कान्ला फालेको सम्झेको होलास् नि।" च्याँकेले केटाहरुको अगाडि गर्व गर्दै हेडसरको कुरा काट्यो र बिस्तारै उठेर गयो। घण्टी लगाएर फेरि आँपको रुखमुनि पुगेर गफ दिन थाल्यो। "मैले हुलाकीको जागिर पाऊँदा पनि गइन, यहाँ पानिको पँधेरो छोडेर कहाँ डोटी जानु यार, हैन ल भन त। यहाँ हल्ली हल्ली खाआको बानि! जान्न डोटी !" "कृस्ण दाइ नगाएकै ठिक छ।" केटाहरुले स्याल भाका मिलाए। "कृस्ण दाइले केटाहरुलाई तहमा राख्छन्। हेडसरले नि कन्ट्रोल गर्न नसक्ने केटाहरु कृस्णदाइ भनेसी थररररररर!"
Read Full Discussion Thread for this article