Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
उसको तलब रु ४०० मात्र थियो। सुरुमा बावुको पाला तोकेको तलब दशकौँ बित्दापनि बढेको थिएन। शिक्षकहरुको तलब ५ पटक बढिसक्दा पनि निजी श्रोत कम छ भनेर उसको तलब बढाइदिएका थिएनन्। च्याँकेको शब्दमा तलब हेर्दा त काम गर्ने जाँगर चल्दैन तर आफ्नै बाजेले खोलेको स्कुल भएर मात्र गर्या हो। दिनभरि आँपको रुखमुनि सुत्छ। घण्टि लाउने बेलामा गोरु चराउन तल आँधिखोलाको छेउमा पुगेको हुन्छ । कहिले तल खेतमा पानी मिलाउन पुगेको हुन्छ। केटाहरुले पानी देऊ त कृस्ण दाइ! खाम्, भन्दा "छैन पानि सानी! खोलामा गएर खा, तल आँधिखोला देख्या छैनस्? "भनेर सातो टिप्थ्यो केटाहरुको। क्रमश:
Read Full Discussion Thread for this article