Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
"अर्काका स्कुलमा आएर तैँले दादा गिरी देखाउने? भर्ना हुन आआका केटालाई तैँले सोझो देखेर सर्टिफिकेट बटार्ने? तेरा बाउले तँलाइ तेही गर्न पठाको हो यहाँ? पियुन भएँ त भएँ तेरा घरको भअ छैन। हाम्रा स्कुलको काम गरेको छु। यो स्कुल तेरा बाउका जग्गामा छ? साउकोटाले जग्गा नदिएको भए ला*डो यो स्कुल हुनथ्यो भन् त। हाम्रो बाजेले बारी, खरबारी दिएर यो स्कुल बनेको हो, बुझिस्? तेरिमा चि* , हाम्रा स्कुलको मायाले पियुन भइयो। क्यार्छस्? " गोबिन्दका हाड हाँसे च्याँकेले सर्टिफिकेट सपार्दे गोबिन्दका हातमा दियो। स्कुलमा शिक्षक कोहि थिएन, भर्ना हुन मिलेन। हुन त च्याँके यो स्कुलको पियन हो तर उसैले भने झैँ स्कुलको पियन हुनु पर्ने हैसियत भन्दा धेरै माथि छन् तिनीहरु कोही नपाएर उसका बावु च्याँकेले स्कुलको रेखदेख गरे । पछि छोरोले गर्न थाल्ने क्रममा उस्लाई पनि च्याँके भन्न थालेका हुन्। च्याँके सोझो स्वभाबको छ तर सत्यको पक्ष लिन्छ। सज्जन नै त नभनम् किनभने 9 कक्षामा फेल गर्दियो भनेर हेडसरलाई ३ कान्ला फाल्ने ग्रुपको लिडर पनि उही हो, भन्छन्।
Read Full Discussion Thread for this article