Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
सायोनाराका २ थोपा आँशु सानो खलबल सुनेर च्याँके केटाहरुको भिडतिर नजिकियो। "के भयो र भाइ? कसैले केहि गरे कि कसो, सिधासाधा देखे भने त दादा गिरी देखाउँछन् यो स्कुलका केटाहरु त, ए हगुवा तैँले हानेको होस्?" कहाँ मैले हो, ऊ तेल्ले सर्टफिकेट हेरम् भनेर लगेर बटार्न खोजेर हैन? गोबिन्दले सुंक्क सुंक्क गर्दै थियो तर केही बोलेन। च्याँकेले नजिकैको केटाको हातमा गोबिन्दको सर्टिफिकेट बटारिएको देख्यो। र सोध्यो। ए रामेश्वरका छाउरा, क्यारेको होस्? अर्काआ स्कुलमा आएर दादा गिरी देखाउने ? तेरा बाउको सर्टिफिकेट हो र बटारेको छस्? दाँत साँत झार्दिम् तेरा? "यी यता झार , च्याँके। ल हेरम् त तेरा बाउको तागत!" शिसिर भन्ने केटोले मूख छोड्यो। च्याँकेले कलाठामा समातेर झ्याम् झ्याम २ झापड दिइहाल्यो । शिसिरले गाला छामेर रुनु न हाँस्नु भयो । च्याँकेको अर्को थप्पडले उसका आँखामा साउने बाढि आए जैँ आँसुको वर्षा आयो। "साले च्याँके, साले पियुन! अर्कालाई हान्छस्? मा चि"नी!पियुन्।"
Read Full Discussion Thread for this article