Posted by: AnandNepal April 9, 2021
Who is the biggest BULLY?
Login in to Rate this Post:     3       ?         Liked by
I think, it's tough to compare -- all situations are unique in their own rights !

वातावरण बन्दा त्यो वातावारण को अधिकतम उपयोग गरेका हुन सबैले :

जंगवहादुर -> भिमसेन थापा भन्दा पछि जन्मनु भाग्य हो - त्यहि बेलामा दरवारमा कलह हुनु, त्यहि बेलामा ब्रिटिस को प्रभाव बढ्नु - जंगबाहादुर अहिले जन्मेको भए वा राम शाहको पालामा जन्मेको भए नाम निशाना नै रहने थिएन होला !

महेन्द्रको पनि त्यहि तेस्तै होला - जंगबहादुर र महेन्द्र एकै समयमा जन्मेको भए, के महेन्द्रले जंगबाहादुरलाइ जेल हाल्न सक्थे होला ?

अथवा अहिले महेन्द्र, केपी ओली र जंगबहादुर तिनै जना जन्मे मा कसले कसलाई दवाउने गर्थ्यो होला --> यो सम्भव कुरा होइन तेसैले बिशिष्ट समय, त्यस समयमा अरु पात्र हरुले गरेका कामले नै मान्छेलाई माथि उठाउने वा कमजोर बनाउने हो जस्तो लाग्छ ..

प्रचण्ड नभएको भए ओली यति चर्चित हुँदै हुँदैन थिए - अहिलेको यो बिशिष्ट समिकरण मिल्नमा एक पात्रको मात्रै हात चै हुँदैन जस्तो लाग्छ -

-- नत्र ७० बर्ष हुँदा सम्म ओलीको बारेमा यस हिसावले यस अघि चर्चा किन भएन :)
Read Full Discussion Thread for this article