Sanaklaal/Mangale/Logankobaje/Goddam/Westcoastlad टिपिएस वालाहरु हाम्रै समुदाय हुन्। उनीहरु आवश्यक कामदार (essential workers) हुन्, अमेरिकी नागरिक बालबच्चाका अभिभावक हुन्, साना व्यवसायका मालिक हुन्, अनि उनीहरु अमेरिकन हुन्। उनीहरु सबैलाई हाम्रो सुरक्षाको खाँचो छ, अनि हामी पनि ति सुरक्षाहरु दिन सक्षम छौं। दशकौं देखि लाखौं लाख टिपिएस वालाहरुले आश गर्दै आएको र वकालत गर्दै आएको, उनीहरुलाई स्थायी बसोबास दिएर सुरक्षा र स्थिरता दिने तीन वटा विधेयकहरु प्रस्तावित भएका छन्। - सेनेट (माथिल्लो सदन) मा “द सेक्यूर एक्ट” (The SECURE - Safe Environment from Countries Under Repression and in Emergency - Act) - हाउस अफ रेप्रेजेन्टेटिभ (तल्लो सदन) मा “द अमेरिकन ड्रिम एन्ड प्रमिस एक्ट” (The American Dream and Promise Act - HR 6) - “द यू एस सिटिजनशिप २०२१ एक्ट” (The US Citizenship 2021 Act) कृपया तपाईंको स्टेटको सेनेटर र कँग्रेसको सदस्यलाई ति विधेयकहरु पास गर्न लगाउन आजै फोन गरिदिनुहोस्। अनि हाम्रो पेटिशनमा पनि हस्ताक्षर गरिदिनुहोस्: http://bit.ly/TPS2Residency