Posted by: butternut squash February 8, 2021
K bhako 🇳🇵 ra Nepali harulai?
Login in to Rate this Post:     0       ?        
हाम्रो देशमा यत्ति थोरै घटनाहरु घटिरहेको हुन्छन समाजमा, तर विश्लेषक र विश्लेसन गरनेहरू यत्ति धेरै हुन्छन कि म कैले कहिँ सोचेर जील खान्छु। ज्ञानी र बुद्धिजीवीहरूको संख्या त पक्कै बढेको हैन होला .अहिले इन्टरनेटमा भएको विकास र त्यो संगै सोसिअल मीडियाले ल्याएका बिकृतिको भुमरी मा हाम्रो देश चुर्लुम्मै डुबेको छ भन्दा म गलत कहिँ बाट हुदिन होला। मीडिया को खास काम के हो भन्ने नै बुझेका छैनन् हामीहरु ले। रबि लगायत धमला र अपिल त्रिपाठी हरु ले गरेका कुनै कुनै कामहरु एकदमै सरनीय छन है, नभएका हैनन्। मान्छे हरु कुरै थाहा नपाई, कुरै नबुझी आफ्नो भिउज् र सब्स्क्राइबर बढाउन जे पनि थालेका छन्। .यसो हो भने त मुलधार पत्रकारिका को के रहयो त महत्व ???? Kehi kura jaankaari cha bhanay thapaum ta bigyaharu...
Read Full Discussion Thread for this article