Posted by: Logankobaje February 3, 2021
अनि म धुरु धुरु रोए !!
Login in to Rate this Post:     1       ?         Liked by
मूजि 18 वर्ष बाद धुरु धुरु रोए होला, येतिका पिडा त हिडेर अम्रिका छिर्दा नि भाको थिएन जति यो जाठो फिलिम हेरेर रोए। बिसौ वर्ष पछि सार्थक फिलिम हेर्य अनुभब भयो। तुलसी घिमिरेको लाहुरे हेर्दा राम्रो लागेको थियो, परालको आगो, बसाई , माइतीघर पनि ठिकै लाग्यो। यो फिलिमले त राम्रोपानको हदै नाघ्यो। कुनै फिलिम कथा राम्रो हुन्छ, कुनै कलाकार, तर यो त सबै हिसाब बाट अब्बल लाग्यो। यो हिरोनिको " आची " सुघ्यो भने नेपाली हिरोनिहरुको अभिनय अलिकति राम्रो हुन्थियो जस्तो लाग्छ।

पर्खाल नाघेर अम्रिका आउने हरुको व्यथा सझिब तरिकाले प्रस्तुत गरिएको छ । दिपेन्द्र खनालको पशुपति प्रसाद राम्रै थियो यो त "बेञ्चमार्क " मुवी छ । सबैलाइ यो फिलिम "रिलेट" नहुन सक्छ तर जो यो पिडा बाट गुज्रेको छ त्यो एकचोटी मुर्छा पर्छ!

https://www.youtube.com/watch?v=jC8qrOZnEew
Read Full Discussion Thread for this article