Posted by: Bennedict January 14, 2021
I have a question
Login in to Rate this Post:     0       ?        
वानलाइनरजी,
तपाईंले म प्रती इङित गर्नुभाको प्रश्नको जवाफ फर्काउदै छु।

मलाई लाग्छ हजुरको पहिलो प्रश्नमा साझाको आड्मिनको कस्तो जवाफ आउँला। अवश्य पनि उहाले बैचारिक स्वतन्त्रताको कुरा गर्नुहुन्छ र साझा एउटा फुलबारी भाको र कसैले कसैलाई साझा छोडि जा भन्न नमिल्ने भन्नुहोला।

मेरो सन्दर्भमा, मैले नास सरसँग उहाको धेरै कुरामा आर्गुमेन्ट गरेको छु, मेरो पुरानो भलाकुसारी हेर्नुस् उहासँग। कसैलाई लाग्ला, म उहासँग biased छु, तर यत्तिका कुराकानी भएपछी, नास सरलाई चेन्ज गर्छु भनेर मैले अथवा अरुले सोच्नु ढुङ्गामा आलु फलाउनु जस्तो होला, अब गान्जा खान्छु, ट्रम्प भक्ती गर्छु, क्लब धाएर भर्खरका बैँसले मात्तेका षोदशीहरुलाई सुताउछु भन्ने मान्छेलाई मैले भनेर केही होला त? मैले उहालाई बिहे गर्नुस् भनेर भनेको जुग भयो होला। तथापी यस दौरान मैले पाए कि नास सर मनको चै नराम्रो मान्छे हैन, नचाहिदो बकुम्फुसे कुरा गरेर अरु मेम्बरहरुलाई उल्लु बनाउने काम चै गर्नुहुन्न रहेछ। यो कुरा चाँही अण्डीजीले गर्दा झन क्लियर भो, जहाँ अन्डीजी हरेक हफ्ता जसो कहिले पूलीसनी सँग त कहिले रमा भाभी त कहिले साथीको माइजु सँग त कहिले को शेर्पिनिसँग सुतेको यौन कथा लेख्तै सब मेम्बरहरुलाई उल्लु बनाउनुहुन्थ्यो, नास सरबाट चै त्यस्तो कपो-कल्पित कुराहरु को बाढि आएन।
जहासम्म गेडाको पिक्चर पोस्ट गरेको बारेमा कुरा छ, अब यो कुरालाई लोगनजीको ब्यङ जस्तै पचाउनुहुन म अनुरोध गर्छु। हामीले लोगनजीले लेखेको "भिनाजुको सुरुवाल मुत्नेहरु" र "भाते मुखियाबा" पनि पढेर पचाएकै हौ नि। हैन र? किन यो कुरामा बालको खाल निकाल्नुहुन्छ तपाईं?
Read Full Discussion Thread for this article