Posted by: Logankobaje January 4, 2021
5000 friends
Login in to Rate this Post:     1       ?         Liked by
झट्ट हेर्दा सामान्य देखिए पनि यो तेती सामान्य बिसए होइन । ५००० साथी बाट ५ १० likes पाउनु भनेको तपाई "social " हुन नसक्नुको उपज हो । social नहुनु भनेको अरुले नबोली आफुले " conversation स्टार्ट " गर्न नसक्नु , कोहि संग सहयोग माग्न नसक्नु , साथी भाई बनाउन नसक्नु हो । यो खालको बानि ब्येहोराले तपाइलाई पारिबारिक , सामाजिक देखि work culture मा समेत प्रभाब पार्छ ।

समानताको सिद्धान्त अनुसार तपाईका साथीहरुका पोस्टहरुमा तपाईले react गर्नु भाको भए उनीहरुले नि तपाईका पोस्टआ react गरि हाल्छन , एसको मतलब तपाई FB मा कसैको पोस्टमा केहि प्रतिक्रिया दिनु हुन्न । येसोरी एकलकाटे बन्नु हुन्न , सबै संग कुनै न कुनै किसिमले सम्पर्कमा रही रहनु पर्छ । धेरै अवस्थामा आफै proactive भएर conversation स्टार्ट गर्नु पर्छ । कुरा गर्न केहि कुरै नभए नि हि, हेल्लो सम्म भए नि गर्नु पर्छ । एसले सामाजिक , ब्यबसायिक , व्यक्तिगत जीवन सहज बनाउछ ।
Read Full Discussion Thread for this article