Posted by: Bennedict December 31, 2020
नासजीलाई प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
बाजे,
# ओके तपाईंको घर सम्बन्धी कुरा मान्छु, बोस्टनमा घरहरु महङा हुन्छन, १५० k को घर भनेको स्ट्रिप क्लब या हाइ टेन्शन लाइन भाका ठाउमा मात्र हो। टेक्सासतिर सस्तो हुन्छन भनेको सुनेको, अरु स्टेटमा म तेती घुमेको छैन, तेसैले मलाई तपाईंको ३-३- वटा घर छन भन्दा पत्यार नलागेर सोधेको हो। फेरि स्वास्निको कमाइ धेरै छ भन्नुभो, ओके।

# २-४ लाखको स्टकमा लगानी छ भने यहाँ शेयर गर्नुमा के नै हानी होला र हैन? तपाईंको फाइनन्शियल डिटेल नखोलिकन तपाईंले के के मा लगानी गर्नु भाको छ मात्र भने, म जस्ता नौशिखियाहरुको भलो हुन्थ्यो होला नि। तपाईंले १० x लगानी गरेको छ त भन्नु भो, तर के मा हो त्यस्तो?

# तपाईं फेरि ढुक्कुरको कुरा उठाएर किन ब्यङबाण प्रहार गर्ने तर्फ अग्रसित हुनुहुन्छ हँ? तपाईंको मोटिभ के हो? यहाँ त ब्यक्तिगत दुश्मनी साँधेको जस्तो लाग्यो।

# अनी अर्को कुरा, अमेरिकामा जुन कुनै हनुमानको २-३ वटा घर हुन्न हजुर, at least यहाँ MA मा त हुँदैन है।

# लोगनजी सँग मलाई के को inferiority complex होला रे हजुर? लोगनजीको दुश्मनहरु को को हुन त्यो पनि मलाई थाहा छैन होला।

# मलाई बाल कबि भनेर त केवल एकजना मेम्बरले मात्र भनेको थियो, तपाईंले कहिले भन्नुभो? तपाईं को हो भनेर सबैलाई ज्ञात हुँदैछ अब।

# मलाई ट्रेन्डिङमा आउनुनै छैन हो, किन तपाईं यस्तो सोच्नु हुन्छ?? भिनाजुको सुरुवालसँग यहाँ के सम्बन्ध छ?? भिनाजुको सुरुवाल मुत्नेहरु भनेर लोगनजीले कसलाई भनेको हो, मलाई राम्रै सँग थाहा छ, तपाईं हामी जस्ता हिजोका चल्लाहरुलाई उहाको ब्यङ हो, तर मैले उहालै मेरो मनको भडास भनिसकेको छु, सो नो कमेन्ट अब।
Read Full Discussion Thread for this article