Posted by: Logankobaje December 27, 2020
Leaders in Kathmandu think better than leaders in Delhi?
Login in to Rate this Post:     2       ?         Liked by
हो नि मुजी हर्खे ज्यु , नेहेरुले त BP लाई त्यो समाएको एशियाको दोस्रो प्रभाबसाली व्यक्ति भनेका छन् ( पहिलो मलासियाका प्रधानमन्त्री ) । गिरिजाको कुटिलता देखेर त दिल्ली तिन छक्क खाको, माओबादीको सफल अवतरण येति छिट्टो हुन्छ भनेर स्वोयम दिल्लीले नि सोचेको थिएन । जुन मावोबादी समस्याले भारत ऐले सम्म ग्रसित छ त्यो तेती चाडै नेपालमा सकिन्छ भनेर दिल्लीले सोचेको समेत थिएन , गजबको कुरा त नेपालमा अस्थिरता फैलाउन भारतले नै माओबादीको जन्म गरेको थियो तर उसको इच्छा बिपरित १२ बुदेको साछी भारत आफै बस्नु पर्यो । यो भनेको आफ्नै प्रेमिका अर्कै संग engage भाको फोटोमा "like" ठोक्नु जस्तो हो ।

दिल्लीको कमजोरी भनेको एसले नेपाल लाई सधै कम्जोर ठानेको छ एसको परिणाम आफै भागेको छ । नेपालमा भारतका कुटनीतिक र गुप्तचर गरि १२०० बढी कर्मचारी कार्येरत छन् , यिनीहरुको नेपालमा पकड येति दरो छ कि प्रधानमन्त्री देखि राजासम्मका कोठा देखि भान्सा सम्म यिनको प्रभाब छ । येति दबदबा हुदा पनि ५८ को दरबार हत्या काण्ड दिल्लीले BBC को breaking बाट मात्र थाहा पाएको थियो । ६ महिना भन्दा बढी समय लाएर योजना बुनेको दरबार हत्या काण्ड बारे दिल्ली बेखेबर हुनु कुटनैतिक असफलता थियो । ४६ को नाकाबन्दी नेपालले १५ दिन भन्दा झेल्न सक्दैन र राजा बिरेन्द्रले भुटान सैलीमा आत्मसमर्पण गर्छन भन्ने दिल्लीको मान्येता थियो । मरिचमानले दिल्लीको त्यो भ्रम चिरी दिए , तेही भ्रममा मोधि थिए दोस्रो नाकाबन्दी ताका तेस्लाई ओली बाले मिथ्या साबित गरि दिए ।

नेपाली छेत्री बाहुनसंग भिड्न दिल्लीले नेपाली मधेसीको सहेता लिएर बोडरमा नाका बन्धि गर्न मधेसी लाई खटायो । मधेश आन्दोलनको सक्तिले प्रज्वलित मधेसी आफ्नै नेपाली बिरुद्ध नाका बन्दि गर्दा भिजेको मुसा जस्तो भए , फलस्वरुप मधेसीको सक्ति छिर्न भयो र मधेसमा छेत्री बाहुनको प्रभाब झन् बढ्न थाल्यो । सम्पूर्ण सधेसी सक्ति ऐले बाबुराम ( बाहुन ) को अधिनमा छन् ।

माओबादी समायोजन पछि गिरिजा प्रधानमन्त्री भए पहिलो विदेश भ्रमण भारत गरे , उनलाई एरपोर्ट लिन स्वयम् भारतीय प्रधानमन्त्री मनमोहन सिंह एरपोर्ट गए । प्रधानमन्त्री भए पछि एरपोर्टमा फुलको गुच्छा लिएर कसैलाई स्वागत गर्न बसेको तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहको पहिलो अनुभब थियो । भारतमा प्रधानमन्त्री लाई स्वागत गर्न विदेश मन्त्रि वा विदेश सचिब जाने चलन छ , रास्ट्रपतिलाई उपरस्त्रपति जाने चलन छ ।
गिरिजा लाई स्वागत गरे पछि कुनै भारतीय प्रधानमन्त्री लाई एरपोर्टमा स्वागत गर्न गएको भनेको नरेन्द्र मोदी हुन्, उनि ट्रंपको पहिलो भारत भ्रमण बेला गएका थिए तर ट्रंप रास्ट्रपति थिए । मनमोहन सिंहले गिरिजालाई त्यो समय एशियाको इतिहासकै एक महान नेता भेनेका थिए । बेलायती बिस्तारबादले भारत सखाप भएको बेला नेपाल कसोरी बच्यो त्यो बारे नि भारत बेखबर छ । हालचालै संसद बिगठन हुँदा पनि दिल्ली बेखबर थियो ।

प्रस्तुस घटनाक्रमले पनि दिल्लीको नजरमा नेपाली नेताहरु बाठा, अवसरबाधी र अबिस्वसिला छन् भन्ने परेको छ । भारत र बेइजिङ्ग दुवैलाइ आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने तर निर्णय लिदा दुवै देशलाइ बेवास्ता गर्ने दिल्लीको निस्कर्स छ । नेपाल, नेपाली राजनीति पत्रै पत्रको पहेली हो भन्ने दिल्लीले बुझ्न थालेको छ , नेपालमा आउने भारतीय राजदुत एसका उदाहरण हुन् । भारतले अति उच्च कुटनीतिकलाई मात्र नेपाल पठाउने गरेको छ । बुझ्न कठिन छैन भारत कुटील छेत्री बाहुन लाई बिस्थापित गरेर उसको चाल अनुसार चल्ने मधेसीलाई सत्तामा हेर्न चाहन्छ , नागरिकता ऐन संसोधनमा बिरोध र नाकाबंधी येसैको परिणामहो । भारतको लागि दुखत खबर, आउदो ४० ५० वर्ष सम्म मधेसीहरु नेपाली सत्ताको नजिक हुने सम्भावना छैन।
Read Full Discussion Thread for this article