Posted by: AnandNepal December 21, 2020
राष्ट्रपतिले गलत बोका पठाइछन !!
Login in to Rate this Post:     3       ?         Liked by
भिमेस्वरलाइ भनेर राष्ट्रपतिले खराव बोका पठाइछन !!
नत्र, क्षमा पुजा गरेपछि संकट टर्नु पर्ने होइन ?? ;)

https://www.youtube.com/watch?v=yLuUiUh3tic

संकट कुन हो भनेर सोध्नेको लागि :

निवर्तमान मन्त्रीले सरकारी गलैचा बोकेर रातारात घरतिर टाप
दैनिक नेपाल
२०७७ पुष ६ गते

निवर्तमान उर्जामन्त्री बर्षमान पुनले मन्त्री क्वाटर छाड्ने क्रममा सरकारी गलैचा आफैसँग लगेका छन् ।

आइतबार राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका पुनले सरकारी पैसामा किनिएको गलैचा आफैसँग लगेका हुन् ।

निवर्तमान मन्त्री पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । मान्छेले केही नपाएपछि कमजोरी खोज्छ भन्दै सहयोगी युवराजले सरकारी गैलाचा नलगेको दाबी गरे ।

मन्त्रीहरूलाई बस्न दिइने गरिएको मन्त्री क्वाटरमा सरकारले नै कार्पेट, गलैचा, सोफा, कुर्सी लगायतका सामग्री दिने गरेको छ ।

निवर्तमान मन्त्री पुनले पिकअप गाडीमा ठूला–ठूला तीन वटा गलैचा राखेको तस्वीरमा देखिएको छ । पुनले गलैचा नै नलगेको भए हुने थियो भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

यसअघिका मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएपछि सरकारी सामानहरू लगेर गएका धेरै समाचार आइसकेका छन् ।


Read Full Discussion Thread for this article