Posted by: mabirkhe December 8, 2020
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Login in to Rate this Post:     1       ?         Liked by
"why are you assuming that somebody actually hurt me"
विगल्जरक्स ज्यु, हजुरले म कोहि केटाहरु लाइ पनि बिस्वास गर्दैन भन्नु भएको कारणले मात्र मलाई त्यस्तो लागेको हो कि हजुरलाई कसैले धोका/दुख दिएको हुनुपर्छ भनेर। हजुरले साथीहरु को देखेरै भएपनि हजुरको फिलिङ त हर्ट गर्यो नि कोहि न कोहिले। त्यस मा नि हजुरले त सबै केटाहरुलाई मुछ्नु भयो त्यसो भन्दा हजुरको आफ्नै ड्याड दाजुभाइ बाहेक भन्नु भएन। त्यसले गर्दानि पक्कै गहिरो चोट परेको रैछ हजुरमा भन्ने बुझेमैले। मेरो यो बुझाइ प्रति म खेद प्रकट गर्दै हजुर संग माफ माग्न चाहन्छु। आशा छ हजुरले मलाई माफ गर्दिनु हुनेछ"

"Favorite person sanga bedroom ma matra basne ki eso ghumna ni jane"
अहो यहाँ पनि गलत बुझाइ गर्नु भएको हजुरले। हुन त त्यसमा हजुरको हैन मेरै १००% दोस देख्छु म त कि मैले हजुरलाइ गलत तरिकाले बुझ्ने गरी लेखे। यहि समस्या छ हजुर मनमा भएका लाखौं भावनाहरू लाइ साझामा २/४ लाइन लेखेर मनका कुराहरु बुझाउन खोज्छु त्यस्तै गलत बुझिएको हुने रैछ। मैंले जतिखेर पनि ढिकिच्याउ भनेको हैन। म त घुम्ने को पारखी हो नि। २०२० त मेरो खाइदियो कोभिड ले। परु र आइसल्यान्ड जाने कत्रो योजना सखापै बनायो। अब २०२१ समर मा कम्तीमा आइसल्यान्ड घुम्न जान सकिन्छ कि भन्ने आशा लिएको छु 😊। हजुरले मनपरेको मान्छे लाइ सिधै भेटेर देखाउँछु भन्नु भयो अनि मैले त भेटेर पनि हेराहेर मात्र गरेर बस्ने हो कि भनेर ढिकिच्याउ गर्नु पर्छ भनेको। जतिबेला पनि भनेको हैन हैं हजुर।
"i think you should buy sex doll. That's going to save you a lot of money and time"
टाइम त मेनेज गर्ने त हो नि हजुर। साझामा मात्र त हामी कति झुन्डिएको हुन्छ, अरु सामाजिक सञ्जाल ( मैले चै चलाउन छोडेको १ बर्ष भयो तै भएर साझामा अलिक बढी झुन्डिएको )मा तेती नै टाइम बिताउछौ। त्यसैले टाइम छैन भन्ने कुरामा अलिक पत्यार लागेन मलाई त। सेक्स डोल चै मलाई त्यस्तो रहर लाग्दैन। बरु केही बर्ष पहिले १ जना केटी साथी सँग म च्याट गर्थे वहाँ लाइ चै अति मनपर्ने। हामी कहिल्यै भेट त गरेनौ तर अनलाईन चै सारा फिलिङ्स सेयर गर्थ्यौ 😜
ौौाौौौौाौौौाौौौौाौौाौौौौौौौौाौौौौाौौौाौौौौाौौाौौौौौ ( यो जेपिटि जङ्क क्यारेक्टर चै साझा एड्मिन ज्यु को लागि। बग रैछ नेपाली टाइपिङ मा। जति डिलिट गरेनि नजाने, only way to delete is cut whole text to different text editor and delete there and paste back in sajha editor)
Read Full Discussion Thread for this article