Posted by: AnandNepal October 24, 2020
दशैं को कथा कसैले बुझेनन, के गरुं?
Login in to Rate this Post:     0       ?        
श्लोक

आयुर् द्रोणसुते, श्रियों दशरथे, शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने।।
शौर्य शान्तनभे, बलं हलधरे, सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे, भवतु भवतां, कीर्तिश्च नारायणे।।

चार लाइनको यो श्लोकमा १२ ओटा आशिर्वाद रहेका छन ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ।।

यस्को अर्थ हुन्छ

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नामले प्रसिद्ध तिमीलाई नमस्कार छ।

यि साबै देवीहरुका नामहरु हुन । महिलालाइ अनेक देवि हरुको एकाकार स्वरुप भएको हुनाले ति सबै देविहरुलाइ जसरि पुजा गरिन्छ त्यसै गरि पुजा गर्दछु भनिन्छ। देविहरु आँफैमा पुर्ण हुने हुनाल् उनिहरुलाइ यस्तो होस् उस्तो होस् भनेर आशिर्वाद पनि दिनु आबश्यक छैन भन्ने मान्यताका कारण यो छोटो श्लोकमात्रै भन्ने गरिएकोछ भने आशिर्वाद दिनको लागि छुट्टै लामो श्लोक पनि भन्ने चलन छ । (यो मेरो ब्यक्तिगत बिश्लेषण हो)

दुइटा प्रष्ट गल्ति भएछन -
१) संजयले live टेलिकाष्ट गरेको बिदुर भनेंछु
२) अनि राघव भनेको राम हुन - कृष्ण भनेको छु ..
अरु गल्ति भए भनिदिनुहोला ..

https://www.youtube.com/watch?v=_sNxo8qSNZQ

अनि दशैं कसरि शुरुभयो होला भन्ने मेरो अनुमान:

https://www.youtube.com/watch?v=tr0WxjTzMoc
Last edited: 24-Oct-20 10:45 AM
Read Full Discussion Thread for this article