Posted by: harkhe7 September 8, 2020
The Great Himalayan Cable Car
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रा ऋषि मुनिहरु यही हिमालयको फेदमा तपस्या गरेर ज्ञानि भए | साधारण मनिसहरु पनि यो हिमालयको फेदमा पुगेर आनन्द लिन पाएँ भने उनिहरुको पनि कल्याण हुने थियो | ऐलेको ब्यस्त जिवनमा त हिमालयको फेदमा गएर एक देऊ हफ्ता शान्तिको अनुभव गर्न पाइयो भने तँ धेरै मानसिक रोगहरु त यसै सन्चो हुन्थिये | त्यत्ति बेला ऋषि मुनि हरु त्यसै हिमालयको फेदमा तपस्या गर्न त गयेनन त्यहाँ शान्त नहुने भएकोे भए | 

हामीले हामी सँग भएकोे समानको पहिला उपभोग गर्न सिक्नु पर्ने अवस्था देखेँ | हामी अरुले बनायिदियेको समान चलाउन र अरुको लागी मात्र काम गर्ने मानसिक्ता बाट बाहिर निस्कनु आजको माग हो | हामी गाडीको मज्जा लिन्छौ, पैसा भयो भने Swizerland जान्छौ पहाड हरु हेर्न | हामी कै भएकोे हिमालयको पनि मज्जा लिन मिल्ने बनाउनु पर्यो | ताकि बिस्वो भरकै मान्छेले मज्जा लिन पाउन यी हिमालय को | सन्धै अरुले बनाएको कुराको मात्र मज्जा लिएर भएन नि | कहिले काहि त आफूले पनि केही दिनु पर्यो नि | 
Last edited: 08-Sep-20 03:53 PM
Last edited: 09-Sep-20 12:39 AM
Read Full Discussion Thread for this article