Posted by: Bhinazu December 16, 2004
gumna jaam
Login in to Rate this Post:     0       ?        
यहाँ पाल्पालीले पैसाको पिर नगर्नू त भने तर समयको पिर छ मलाई तैपनि जान मन लागेको ठाऊँ भनिहालम्। आतेजाते टिकटको चिट्ठा पर्ने हो पाल्पाली ब्रो? १) चन्द्रमामा गएर पृथ्वीतिर पिच्च थुक्न मन लागेको छ। मेरो थुक पृथ्वीका परिहरुको ओठमा परोस्। २) सगरमाथाको टुप्पोमा (के को बेस क्याम्प मात्र नि?) हावामा थुक्न मन लागेको छ हावा बगेर ल्हासा बजारकी ठीटीको स्याऊ जस्तो गालामा परोस् । ३) उत्तरी ध्रुवीय देशहरुमा रमाउन मन छ। ६ महिनाको दिन ६ महिनाको रात अनुभव गर्नलाई । तल्लो युरोप भने एक पटक पुग्ने सौभाग्य मिलेको थियो। आइफल धरहरा चढियो, बेल्जीयम, होल्याण्ड, जर्मन हुँदै तल इटाली झरेर, भ्याटिकन सिटी देखेर, निस, मोनाको हुँदै फेरि पेरिस पुगेर एउटी जापानी केटीको सेल रोटी त पकाएको हो। होल्याण्डमा शेर्पा रेस्टुर्यान्टमा म: म: र निमकिन चिया फ्रीमा खाएको पनि हो। ग्राजुएशन ट्रीप भन्ने कि के भन्ने। अफिस छिरेसी जाऊ अफिस आऊ अफिस। ट्याम नै मिल्दैन बा। अब नर्वे जान मन छ। ल । अनि तिर्थ ब्रत गर्न ४ धाम काँसी हरिद्वार, मुक्तीनाथ जाने त ६५ पुगेर रिटायर भएपछि जाम्ला नि। ल कुन टिकट मिल्छ?
Read Full Discussion Thread for this article