Posted by: ujl July 30, 2020
Looking for Nepali stories for a film
Login in to Rate this Post:     0       ?        
@deepocean....Here is a TEASER !! Hehe.....

निमि आफ्नो बिध्युतिय वायु यानबाट हतार हतार गर्दै ओर्लिन र घरको ढोका खोल्दै आफ्नो मामुलाई खोज्दै भान्सातिर गईन। निमिको मामुले निमि कलेजबाट आउने समय भाकोले भान्सामा खाजा पकाई राख्नु भाको थियो।
मामु: आयौ छोरि।
निमि: हजुर मामु । के पकाउनु भाको छ?
मामु: तिमीलाई मन पर्ने नुडल्स!

निमि कचौरा भरिको नुडल्स लिएर आफ्नो कोठामा गाइन अनि नुडल्स्को एउटा सर्को तान्दै आफ्नो कम्प्युटर खोल्न लेजर बीम तरङ्गलाइ आकाशमा ठुलो स्क्रीन हुन वाक आदेश दिईन। तुरुन्तै आकाशमा निलो रंगको स्क्रिन देखा पर्यो र कम्प्युटरले निमिले बोलेका कुराको एक पछि अर्को आदेश मान्दै गयो। निमिलाई उसको अंकलले पछिल्लो दशैंमा लेजर बीम कम्प्युटर गिफ्टमा दिनु भाको थियो। निमि अंतर्जालको प्रयोग गरि विविन्न इस्थानमा रहेका व्यक्तिसंग कुरा गर्न निकै रुचाउछिन। आज निमिको ई-बक्समा एउटा म्यासेज आको रैछ:

"नमस्ते। यदि तपाईले यो म्यासेज पाउनु भयो भने कृपया रिप्लाई गर्नु होला।" -- रुपेश फ्रम नेपाल

निमिलाई यो म्यासेज निकै अनौठो लाग्यो। उनले नेपाल सब्ध कहिले पनि सुनेकी थिनन । उनले आफ्नो कम्प्युटरलाई वाक आदेश दिईन - नेपाल सब्दको परिभाषा। कम्प्युटर एकछिन मौन रह्यो अनि निमिलाई प्रतिउत्तरमा नेपाल भन्ने सब्द आफ्नो डाटाबेसमै नरहेको उल्लेख गर्यो।

"कस्तो अचम्म" - निमि सोचमा डुबिन । मामुलाई था होला भन्दै निमि मामु भाको कोठा तिर गाइन अनि सोध्न थालिन - "मामु, हजुरलाई नेपाल था छ? मामुले एकछिन सोच्दै भन्नुभयो - "मैले त यो शब्द कहिले पनि सुनेको छैन । कहाँ फेला पार्येउ यो सब्द?" अंतर्जालमा भन्दै निमि फेरी आफ्नै कोठा तिर गईन।
Read Full Discussion Thread for this article