Posted by: Bennedict July 27, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
अन्डिजी,
तपाईंलाई अती भनेको जस्तो लागे, माफ पाउ हजुर। अस्ती कुनै अर्कै सुरमा मैले लेखे। तर आज फेरी सबैको कमेन्ट पढिवरी फेरी लेख्न खोज्दैछु। मलाई कुनै ज्ञान बाड्ने सद्गुरु हुनु छैन। म कट्टर हिन्दु पनि नहुंला। तर सानै देखी आफु भन्दा ठुलाबडा, राजा र भगवान, देवता, इष्टदेबको सम्मान गर्नुपर्छ भनेर सिकाइयो र म तेही फलो गर्दैछु होला जस्तो लाग्छ। अब तपाईं जस्तो revolutionary सोच मलाई चै हतपती कहिले आएन भन्दा नि हुन्छ। अनी अर्को कुरा सबैजना म जस्तै सोच्नुपर्छ, मैले भनेको नै सही मान्नुपर्छ भनेर पनि म कदापी भन्दिन। तपाईं जस्तो मान्छे र एक भिन्न सोच राख्ने मान्छेहरु पनि हुनुपर्छ म मान्छु र मैले सधैं भनी नै आएको छु। अब मैले धेरै पटक तपाईंलाई र नास् सरलाई कटाक्ष दिए होला, तर फेरी म नै सधैं करेक्ट पनि हुन्न।

हामी नेपालीहरुमा विक्रितीहरु छन, छैन भनेर मैले भनेको छैन, हामी भेदभाव गर्छौ, जात्-भात को कुरा अझै हुन्छ होला। तपाईंको लेखाइ पढ्दा त तपाईंले हिन्दू धर्मको नराम्रो कुराको मात्र कुरा गर्नुभाको छ जस्तो लाग्छ, जस्तै जनसंख्या भन्दा बढी देउता, प्रायोरिटी ठीक ठाउमा भएन, ड्रग एडिक्ट शिवजी, चि--- कृष्णजी, आदी। तपाईंले त भगवानहरुको नराम्रो पक्ष मात्र हेर्नु भएको जस्तो लाग्यो मलाई। अनी चाडपर्ब पनि वाहियात सबैलाई बिदा चाहिने, आदी भन्नुभयो, ल ठीक छ म त्यो आर्गुमेन्टहरु मान्छु। तर तपाईंले भनेको समस्याको समाधान चै सार्है फन्नी सुनियो। बाउ आमा, सासु ससुरा, हजुरबाउ, हजुरआमालाई कोठाभित्र घोक्रेठ्याक लगाएर के हुन्छ? अनी कतिको बाउ-आमा, बाजे बजैलाई घोक्रेठ्याक लाउने हजुर?

मेरो कुरा चै के थियो भने, हरेक देशको आफ्नो आफ्नो परिचय हुन्छ, identity हुन्छ। हाम्रो देशमा मान्छे भन्दा भगवान धेरै, घरभन्दा मन्दिर धेरै भनेर त तपाईंले नेपाली क्लासमा पढ्नुनै भो होला, अब यही करौडौ करोड देबि-देवताहरुको जमघट स्थल बनेको छ देश अनी हामी आँफै पनि बाहिर आफ्नो परिचय दिदा, मेरो देश यस्तो उस्तो, सीता जन्मेको देश, (अहिले चै रामको अयोध्या भएको देश) भन्दै कुर्लन्छौ, सगरमाथा र हिमाल-पहाड बाहेक। कुनै न कुनै श्रद्धा र भक्तिका प्रतिकहरु सँग जोड्छौ जोड्छौ, चाहे त्यो कुमारीको फोटो होस् या रातो - सेतो मछिन्द्रनाथको। हामीलाई गौरव लाग्छ त्यस्तो entity सँग associate हुनु पाउँदा। तर मैले अब यहाँ धेरै साझाबासीको हिन्दू धर्मप्रती बित्रिश्णा जागेको पाए, (नास सरलाई छोडेर, अब उहा त अर्कै मोडमा हुनुहुन्छ जस्तो छ) उहाहरु शायद पुरै मानवताबाट हताश भएर यस्ता होलान। पाखन्ड र ढोङ नभएका हैनन हाम्रो धर्ममा, अब भगवानलाई भेटी चढाएर एक हिसाबले "घुस" दिन्छौ आफ्नो मनको इच्छा पुरा गर्छौ। भाकल हाल्छौ तर म यसलाई अर्कै तरिकाबाट लिन्छु। भेटी चढाएर, भाकल हालेर, discipline आउछ, आफ्नो जिबन बाच्ने शैलिमा, मान्छेहरु आफु भन्दा माथि super-natural power रहेको भान परीराख्छ अनी जिबनमा structure आउछ। धन्न हिन्दू धर्म अरु जस्तो कडा र कठोर inflexible नियमले ओत्प्रोत छैन। यो केही ज्ञान चै मैले world religiuons क्लास लिएर थाहा पाए भनौ। यस्तो liberal धर्म हुँदा हुँदै स्वन्त्रता को नाममा तपाईं अहिले free sex , free condoms , stringless relationships , फ्री ड्रग, आदी को वकालत गरेर पछी आउने नेपालीहरुलाई कता धकेल्न खोज्दै हुनुहुन्छ, राम जाने।

सबै धर्ममा राम्रो-नराम्रो पक्ष हुन्छन, हिन्दूको मात्र के कुरा गर्नु? इसाइ, क्रिस्चियन, अरु नाम नसुनेकाहरु पनि छन यो भिडमा। हामीले दुबै साइडबाट सोच्नुपर्छ, तपाईंको आर्गुमेन्ट extremely opinionated भयो भनेर मैले भन्न खोजेको हुँ हजुर। ओके लाडो पुती भन्दैमा सबै नेपाली खराब नहोलान, अनी साझा जस्तो ठाउमा आएर मैले language मा respect खोज्नु पनि मुर्खता नै होला। तर कती कुरा, आर्गुमेन्ट लाडो पुती नभनिकन पनि राख्न सकिन्छ होलान नि, हैन? तपाईं या नास् सर अहिले जस्तो बोली, लवज गर्नु हुन्छ, सेक्सी लाइफस्टाइलको किस्सा सुनाउनुहुन्छ, म ग्यारेन्टी दिन्छु, तपाईंहरु आफ्नो छोरा छोरीले त्यस्तो नबोलुन, नसिकुन भनेर तपाईंहरु दुबै त्रसित हुनुहुन्छ हैन? यस्तो double-standard त कती देखे देखे मैले। बाउ आफु young हुँदा रक्सिले मातेर किर्तिपुरको सडकमा पल्टदै आएको रे, वहाँ छोराले रक्सी खाएर राती घरमा आयो भनेर कत्रो नाटक। तपाईंको छोराले तपाईंलाई तेस्तै शब्द (लापुक) राखेर कुरा गर्ला कुनै न कुनै दिन, कस्तो फील हुन्छ अनी हामी फेरी कुरा गरौला। हुन त कुनै कुनै अमेरिकन फ्यामिलीमा बाउ छोरा, छोरी पुरै 'एफ' 'एफ' लाउदै कुरा गरेको, झगडा गरेको नि सुनियो, तर नेपाली परिवारमा चै अन्डिजीकै घरबाट सुनिएला अब यस्तो लिबरल सोचको धनी भएपछी।

बिकसित सबै देशहरुमा मान्छेको झुकाव कर्ममा मात्र छैन, उनिहरु पनि एक पछी अर्को मन बहलाउने धर्म, कन्सिपेरेसी थ्योरी, इल्लिगल स्किम आदिमा पनि लाग्छन र नबिर्सौ, थरी थरीका सेक्स स्क्यान्डल त हरेक महिना महिनामा सुनिन्छ, २-३ बर्ष अघी सुनिएको AshleyMadison स्क्यान्डल कसरी बिर्सने? तपाईंको जस्तो सोच- बिहे र कमिट्मेन्ट्पछी नि बाहिर सेक्स राख्न पाउनुपर्छ, र infedility is ok भनेर सोच्ने मान्छेहरुको लागि के के भयो त, सबैले देखे, सुने। र मैले बुझेको कतिपय मान्छे नास्तिकहरु कसैको नितिनियम, रुल्स, रेगुलशन मान्न निकै आनाकानी गर्छन्, एक किसिमको arrogance नै हुन्छ, जुन तपाईंमा सुनिन्छ, तपाईंको लेखहरुबाट। जस्तो के पतिब्रता हुनु नराम्रो गुण हो? श्वासनी मान्छेको अस्मिता के कुनै सस्तो खेलौना हो? यौन भनेको गलत हैन भनेर कसरी बुझाउने त ल भन्नुस्। समाजको बिक्रिती देखाउनुस्, तर दुबै पक्षबाट, अनी legible solution दिनुस् हजुर, नकी सबैलाई घोक्रेठ्याक लगाएर कोठामा जाकौ जस्ता ludicrous कुरा नगरौ हजुर।

अब कोडिङ गर्न सकिन्छ, गूगलबाट ज्ञान लिन सकिन्छ भन्नुभयो, तर बर्शौ देखी साली नदिमा गएर स्वस्थानी कथाको बिसर्जन गर्ने महिलाहरुलाई के छ हजुरको सुझाव? श्राद्ध गर्ने श्रद्धालुहरुलाई के छ उपाय तेसो भए? रिसले मात्र मुर्मेर कहाँ भयो त हजुर?
Last edited: 27-Jul-20 07:16 PM
Read Full Discussion Thread for this article