Posted by: Bennedict July 25, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
अन्डीजी,
तपाईंले उठाउनुभाको हरेक बुँदाहरुको म यहाँँ स्पष्टिकरण दिदै छु।

# तपाईंको लेखमा मात्र मैले कमेन्ट गरेको जस्तो लाग्ला तपाईंलाई, तर मैले यसको जवाफ पहिले नै दिईसके। म तपाईंको अरुजस्तो आफ्नो दिमाग लगाएर नसोच्ने अनी आफ्नो आवाज नभाको शुभ चिन्तक परीन। तपाईंलाई पहिले मैले भनिसके, जब जब तपाईं यस्तो बकुम्फुसे आदर्श छाट्न थाल्न हुन्छ, मेरो केही न केही contribution आउने नै छ। गनिमत छ अहिले तपाईं कुनै हुँदै नभाको यौनलीला पस्कन छोड्न भाको छ। नत्र तपाइले सुताउनु भाको केटीको सन्ख्या जोड्ने हो भने त नेपालको Ron Jeremy बन्नु हुन्थ्यो होला। तथापी जिन्दगीमा २० भन्दा माथि केटी सुताए (साझाको जो कोहिले यहाँ गन्न सक्छन) भनेर धाकका साथ भन्दा पनि पत्याउने नेपालीहरु पनि यही देखे। तपाईंले अरु साझाबासिलाई intimidate गरे जस्तो म पनि हुँला भनेर सोच्नु तपाईंको अल्प दिमागको परिणाम होला। अब मैले सधैं तपाईंको लेखनीलाई defy गर्दा अरुले bromance मान्ला या अरु केही, मलाई सरोकारको बिषय भएन, तपाईंलाई यस्तो बिचार आको भए त्यो तपाईंको insecurity होला।

# मलाई रिस उठ्नुको कारण चै के थियो भन्दा तपाईंको double standard सुनेर हो। तपाईं यहाँ अहिले हिन्दूहरुको आरध्यदेबको बारेमा तथानाम बोलिराख्नुभाको छ, तपाईं नेपाल जानु भयो भने तपाईंको बुढीसँग लखर लखर पशुपतिनाथ पनि पुग्न हुन्छ अनी संकटा पनि पुग्नुहुन्छ अनी स्वयम्भु पनि पुग्नुहुन्छ, के तपाईं आफ्नो बुढीलाई "त आँफै जा, मर बुढी" भन्न सक्नु हुन्छ? नढाटी भनम त हजुर। आफु जे हो, जे गर्न सक्छु, सामर्थ्य छ, राख्नुहुन्छ, तेही बारेमा लेख्दा राम्रो होला कि हजुर। यो मेरो भनाइ, यहाँ हिन्दू धर्मको againstमा लख्ने र विश्वाश गुमाउदै गरेका या गुमाईसकेका सबै साझाबासिलाई लागु हुन्छ हो।

# भएभरको मान्छे एउटै हो भनेर अहिले सम्म नथापाको साझाबासिहरुको बारेमा म केही भन्न चाहन्न हजुर, भन्छ नि सुतेको मान्छेलाई जगाउन सकिन्छ तर सुतेको अभिनय गर्नेलाई मरिगए सकिन्न, तपाईं हिरोको साथी हो कि सेक्सी इन हाकु हो कि एनुसटार्ट थाहा हुनेलाई थाहा नै छ अब जस्ले थाहा पाउन खोज्दैनन, राम राम छ। तेसैले मलाई चै मन्द बुद्धी कोटामा नराख्न बिशेष अनुरोध छ, तपाईं नाटक देखाइ बस्नुस्, दर्शक हजार पाउनु हुनेछ।

# नास् सरले जे भन्नु भो, त्यो उहाको opinion हो तर त्यो opinion ले तपाईंको बिक्रित सोचलाई चुनौती दिएको छ। अब नास् सर त भन्नु होला, मैले अन्डी भाईलाई छेड हानेको हैन भनेर। नास् सरलाई म भन्न चाहन्छु, grow some spine sir। तपाईं हिन्दू धर्मलाई support पनि गर्ने, अनी सामाजिक बिक्रिती सुधार्नु पर्छ पनि भन्ने, अनी अन्डिजीले गरेको घिन्लाग्दो काम (पशुपतिमा गएर लिङ हल्लाको) बारेमा पनि चुइक्क बोल्न नसक्ने? यो कस्तो हिन्दू धर्म प्रती हजुरको लगाव हो? कि अन्डी भाई रिसाउला भन्ने डर लाग्यो तपाईंलाई? नास् सर तपाईं बार्-बार किन contradict गर्नुहुन्छ आफ्नो फिलोसोफी ? मलाई उहाको यस्तै "दुइ - मुखे" कुराले हो लेख्न वाध्य बनाउने।

# पाप- पुण्य- धर्म को कुरा गर्नुपर्छ यो युगमा आएर पनि, किन भने भन्छ नि अहिले घोर कलियुग चलिराको छ, अच्चम्म-अच्चम्मको घटना घट्दैछन, मान्छेहरु जन्मैदैछन, अन्डीजी भन्दा पहिले नास् सरको चर्तिकला त कुन लेवलमा थियो थियो। अहिले आएर उहा धर्म-कर्म को कुरा गर्नुहुदैछ, सन्यास लिने कुरा गर्नुहुदैछ, नेपाल पलाएन हुने कुरा गर्दै हुनुहुन्छ। सो अन्डिजी तपाईंको पनि पलायन आउँदै होला, देर-सबेर, याद गरौ होला। बर्शौ पहिले गरेको पापको ऋण त तिर्न पर्ने नै हुन्छ, अन्डी महाशय, यहाँ त तपाईं हिन्दूहरुको आरध्य-देबको प्राङणस्थलमा भाएको कुरा छ। त्यो पनि ढिलो-चाडो हो हजुर। अब कुन रुपमा हुन्छ, you will know अब यस्तै हुन्छ भनेर भन्ने म अन्तर्यामी परिन। नत्र तेत्रो रामायाण, महाभारत, स्वस्थानी किन लेख्थे होलान उहिलेका मान्छेहरुले। तपाईं दुनियाँ दिवाना खत्रा केटी सुताउनुस् कि एउटैसँग जिबन बिताउनुस्, "पालाको पैचो" त तिर्नै पर्छ हजुर।

# तपाईं जस्तो बोली पिछे मुझी मुझी लगाउने ले पनि च्यारिटी गर्नु हुँदो रहेछ भनेर सुन्दा त अजिब लाग्यो। के भनेर गर्नुहुन्छ सुनम न त? मुझी गरीब लण्डफकिरले फेरी पैसा मागेर हत्ते गर्‍यो, मुझिलाई $२००० पठाइदिए? धर्मले segregation ल्याउला, तर मुल कुरा सिकाउने भनेको morality हो, जुन तपाईंमा एक आउन्स पनि छैन र तपाईंले यो बुज्नु पनि हुन्न, अब मुझी हजुरआमा र तुरिसुके राम भन्ने मान्छेलाई morality भन्ने कुन चराको नाम भईजाला। तेसैले म यो सिकाउनमा आफ्नो समय पनि वेष्ट गर्नेमा छैन हो, किनकी कुनै कुरा टाइममा हुनुपर्छ, after time यो तपाईंलाई कालो अक्छर भैंसी बराबर होला।

# ईरान, सिरिया, प्यालेस्टाइनको राग अलापेर तपाईंले के भन्न खोजेको? सबै धर्म-धर्म भनेर ध्वस्त भए? अनी तपाईं जस्तो सोच राखेर ठुलै प्रगती गर्ने देशको पनि नाम लेखम्न त हजुर। मुझी राजस्थानको दुर्गम गाउ बाट होस् या कुनै अती नै मडर्न अर्बान शहरको, तपाईंको जस्तो दरिद्र र limited knowledge भयो भने जता पनि तेस्तै हो।

# नेपाल प्यारो लाग्छ भन्ने अनी नेपाल के गर्दा बनेको र नेपालभित्र कस्तो कस्तो चाल्चलनको महक छ भनेर नबुझ्ने अघोरी मुर्खलाई केही भन्नु छैन मेरो। यस्तै मान्छे हो, नेपालमा आफ्नो बिदेशी साथी घुमाउदा, मन्दिर, चोक, पुरानो जात्राहरु देखाउने, मठमन्दिर घुमाउने अनी भित्र चै यस्तो कालो सोच, साझामा आएर पोख्ने। तेसैले मैले भन्ने गरेको यस्तो hypocrite , double स्ट्यान्डर्ड बिचार भाको मान्छेको bogus लेखाइ पढ्दा कन्सिरिको रौ तात्तिन्छ।

# तपाईं भगवान, धर्ममा विश्वाश नगरनुहोला तर कसैलाई राम्रो भन्न नसक्नेले किन यती बिधी नराम्रो फलाक्दै महात्मा गान्धी नै बन्नुपर्‍यो के। म देश राम्रो बनाउछु भनेर नेपाल जाने नै पर्ने भो त? यो कस्तो argument हो? हामी हरेकले आ-आफ्नै कारणले देश छोडेका छौ, अनी अब argument गर्न नसकेर हो या के हो, आफु किन देश नफर्केको भन्ने? तेसको बारेमा फेरी छुट्टै कुरा गरौला हजुर।



सलामक्रिश्ने जी,
तपाईंलाई एउटा कुरा भन्न मन लाग्यो, तपाईं जसको सप्पोर्ट गर्नुस् तर पहिले कोही मान्छे किन यस्तो भन्दैछ भनेर बुझ्दा राम्रो होला कि। अस्लील, अराजक प्रसँग बिना पनि यो लेख लेखिन सक्थ्यो होला। के पशुपतिमा गएर कट्टु खोलेर लिङ हल्लाए भन्दै लेख्न आवश्यक थियो त? सोचम त हजुर। अन्डिजीको मनसाय के हो यो त भनिराख्न पर्दैन। यस्तो कुरामा दिमाग खियाको हैन, यहाँ अन्डीजीको मुल्भुत उद्देश्य नै अरुहरुलाई offend गर्नु हो। र यो काममा उहाको महारत नै हासिल छ। तपाईंको घरको पूजाघर या भान्छामा आएर कोही थुकेर जान्छ भने के भन्नुहुन्छ? Just coz उसलाई तपाईंको भान्छाको गन्ध मन परेन या पूजा घर वाहियात लाग्यो।

----कुनै हिन्दू बाँकी छैन रे" यो लाइनलाई प्रस्ट गर्नुस् त, कहाँ भनेको छ या के आधारमा भन्नु भाको हो? show don't tell भन्छ नि।

अरु पछी बिस्तारमा
Read Full Discussion Thread for this article