Posted by: Dada_Giri December 15, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
Deep Bro, कथा एक शब्मा भन्नु पर्दा राम्रो लाग्यो, काठमाण्डौ (पुरानो शब्दमा नेपाल)को स्थानियता झल्किन्छ, शब्द र विषयवस्तु दुबैबाट। मले गुदी गुदी फेला पारेँ। मेरो मनमा गढेका १,२ हरफहरु म उदृत गरौँ। ॥हामीलाई लागी हाल्यो कात्तिक। बाङ्गे लाग्यो सुसेल्न। मैले भने भरखरै चलेको हल्का हाबालाई ध्यानमा राखेर घुँडा सम्म छरीएको त्यो केटीको फरकमा गिद्धे नजर फ्याल्दै ?चिसो पस्ला है कलिलो ज्यानमा? भन्दिएँ। ॥ यहाँ त कसेले सुसेल्दैन यार केटी देखेर पनि, क्या बोर भन्या। यसो स्याल भाका मिलाउने हुन्थ्यो नि। ॥मलाई घरमा म बाङ्गेको सङ्गतले र बाङ्गेको घरमा उ मेरो सङ्गतले बिग्रेको भन्थे भन्नेले तै पनि छातिमा हात राखेर भन्दा हामि, भन्या बाङ्गे र म, स्वतन्त्र रुपले बिग्रया थिम।॥ मलाई खुब घत पर्यो। जस्का बावु आमाले नि यस्तै भन्छन् यार आफ्नो छोरा गुण्डा हुँदा पनि सद्दे नै देख्छन्, भन्या। तर खेतीपाती भने अरुको सप्रेको जस्तो लाग्छ रे। छोराछोरी आफ्नो राम्रो , खेतीपाती अर्काको राम्रो! भन्ने भनाइ छ।
Read Full Discussion Thread for this article