Posted by: AnandNepal June 6, 2020
बिद्या महारानी
Login in to Rate this Post:     1       ?         Liked by
राष्ट्रपतिलाइ लिफ्ट पो चाहिएको रहेछ -
नेपालमा लिफ्ट चढ्नु पर्ने भवन नै कति छन र त्यसमा पनि राष्ट्रपतिको भवन र कार्यालय - १-२ तलाका मात्रै छन। बाथरुम मर्मतको लागि भनेर बिज्ञापन गरेको मा सहरि बिकास मत्रालयले एक प्रेस बिज्ञप्ति निकालेर स्पष्टिकरण दिएको छ :

मलाइ चाँहि गलैंचा करोडौंको होइन २७ लाख १२ हजारको मात्रै हो बन्दै खुबै शानका साथ सहरि बिकास मत्रालयले बिज्ञप्ति निकालेको अचम्म लागेको छ । १२ हजारको गलैंचा भनेको भए होला भन्नु हुन्थ्यो - २७ - २७ लाख लाखको गलैंचा त्यो पनि कोरोना महामारि को बिचमा किन चाहिएको होला ?

अनि बाथरुम सजावटको कुरा पनि झुठो भन्दै १ करोड अनि झण्डै ६० चाँहि शितलनिवासमा लिफ्ट जडान पनि गरिने भनिएको छ । अर्बौंको हेलिकप्टर करोडौंका गाडि अनि करोडौंको लिफ्ट ..

हुन त राष्ट्रपतिले भै सकेपछि पनि तपाइ हामिले जस्तो भर्यांग चढेको कसैले देख्यो भने बेइजेत हुँदैन - बिदेशिले देखे के भन्लान। ,"नपाउनेले केरा पायो बोक्रेसंग खायो" भनेको यहि हो, यस्तो महामारीको बेला तिमिहरुलाई एउटा ब्यक्तिको लागि करोडौ-करोडौ खर्च गर्नुपर्ने ..

https://youtu.be/y1xAQO8d4UQ
Read Full Discussion Thread for this article