Posted by: Bennedict May 12, 2020
अन्डरवेयर को मृत्‍यु भएको दिन
Login in to Rate this Post:     1       ?         Liked by
अन्डरवेयर को मृत्‍यु भएको दिन

उसको स्वास्नीले टाउकोमा बजारेकी रे,
म्याकको ल्यापटप नराम्रोसँग
सास त बिस्तारै गयो
साझाबासी सब भए झसँग

मसँग बिहे गरेको कि ल्यापटपसँग?
भन्दै दिनहुको हुन्थ्यो रे झगडा
बिस्तारै कुरा बुझ्दै गईन प्राणप्यारिले
यहाँ त रहेछ अर्कै लफडा

थरी थरीका नाम फेर्दै
आउने रे उसका एउटै बुढा
घरमा त चुइक्क नगर्ने मान्छे
साझामा नचाउदो रहेछन चक्कु र घुडा

घरमा चै सधैं त्रसित मान्छे
साझामा चै अरुलाई त्राही माम त्राही माम
यो मान्छे को रोग बुझ्न
सबलाई भएको थियो कता जाम, कता जाम?

घरमा चै रहेछन उहा पक्काको जोइटिङ्रे
साझामा चै उहाको तीन मानाको फुर्ति
लडे होलान हरेक भद्र, भुस्तिघ्रे
कसले पो सुन्थ्यो र उहाको हैकम र अर्ती?

एक दिन हैन दुई दिन हैन
रातो दिनको यो रडाको
साझामा नआउ भन्दा भन्दै
म आफु चै किन होला आको?

अन्डरवेयरको महिमा चै
बर्णन गरेर पनि सकिएन
तर स्वास्नीको हातबाट
सिल्-टिम्मुर खाएको चै फिट्टै सुहाएन

बोकै बोका घुम्ने सदरमुकाम
एउटै हो यो साझा रे
ती बोकाको पनि सरदार भनाउदो
अब देखी नआउने रे
अब देखी नआउने रे ।
Read Full Discussion Thread for this article