Posted by: Old_English_800 May 2, 2020
सुचना !! सुचना !! सुचना !!
Login in to Rate this Post:     0       ?        

सुचना !! सुचना !! सुचना !!


सझाबासिहरुको हितलाइ मध्यनजर गर्दै, यहाहरुको सुबिधाको लागि “ साझाका छेरलक होल्म्स” नामक डिटेक्टिव स्क्वाड स्थापना भएको सबैलाई ज्ञान भया ।


के तपाइलाई कसैले आफ्नो पोस्टमा आफैले अर्को नाम बाट कमेन्ट गरेको संखा लागेको छ? चिन्ता नलिनुस looper र bennedict जस्ता फोरेन्सिक जिनियसहरुले ‘मुजी’, ‘गोविन्द’ र ‘गु’ जस्ता सब्दहरु सुँघेर तुरुन्त भन्दिनछन् कि कुन कुन handle यौटै तोरिलाहुरेले चलाउछ ।


के हजुरलाइ कसैले साझामा आफ्नो (अनि बुढीको) तलब ढाटेको अथवा stimulus check आएको/नआएको बारेमा ढाटेको संखा लागेको छ ? चिन्ता बिल्कुल नलिनुस, बिगत ४ वर्ष देखि auditor को assistant को रूपमा कार्यरत fromdallas ले तुरुन्त पत्ता लाइदिन्छ।


येस्ता र अन्य कुनै प्रकारका (Nas र San यौटै हुन? / मिसेल ओबामा ट्र्यानि हुन् सक्छिन? / मेरी बुडीको कसैसंग अफैर छ? etc etc) अनुसन्धानका लागि सदैब सम्झिनुहोस “साझाका छेरलक होल्म्स” लाइ | सेवाको लागि तुरुन्त 1-800-CHHER मा टोलफ्री डाइल गर्नुहोस | प्रतिनिधिहरु हजुरको कलको पर्खाई मा छन् |



नोट: कृपया ‘साझाका छेरलक होल्म्स’ लाइ USD, GBP, bitcoin जस्ता तुच्छ मुद्रा द्वारा भुक्तानी नगर्नुहोला |

भुक्तानी को स्वीकार्य माध्यमहरु: गुन्द्रुक, गुन्द्रुकको झोल, भिम निरौलाको mixtape



Read Full Discussion Thread for this article