Posted by: swaati thapa December 13, 2004
need to form nepali interest group
Login in to Rate this Post:     0       ?        
सिक्टामा फेरि अवरोधलगानी नगर्न युरोपेली संघलाई भारतको दबाब विकास थापा काठमाडौं, मंसिर २७ - भारतले मध्य पश्चिमको बृहत् सिूचाइ आयोजना सिक्टामा लगानी नगर्न दाता युरोपेली संघ र्-इयू) लाई दबाब दिएको छ ।पटक-पटकको भारतीय अवरोधका कारण तीन दशकदेखि अलपत्र पर्दै आएको सिक्टामा ३ अर्ब ६९ करोड रुपैयाू लगानी गर्न संघ सहमत भएपछि यस्तो दबाब आएको हो ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार संघको युरोपेली कमिटीले बेल्जियमको ब्रसेल्सस्थित शाही नेपाली दूतावासलाई भारतीय दबाबबारे हालै जानकारी दिएको छ । त्यसको जानकारी परराष्ट्र र जलस्रोत मन्त्रालय हुूदै सिूचाइ विभाग पुगेको छ । स्रोत अनुसार ब्रसेल्समा 'इन्डिया कमिसन मिटिङ' मा भारतका तर्फबाट सिक्टाको मुद्दा उठेको थियो । यसअघि संघको उक्त कमिटीले सिक्टामा सहयोग उपलब्ध गराउनेबारे भारतीय चासो रहेकामा ध्यानाकर्षा गराएको थियो ।संघले आयोजना अगाडि बढाउन भारतसूग तटीय मुद्दाबारे प्राविधिक छलफल गर्न नेपाललाई भनेको छ । नेपाली अधिकारीले सहयोगबारे भारतसूग कुनै सहमति लिनुनपर्ने कुरा औचित्य संघमा राखेको स्रोतले बतायो ।
Read Full Discussion Thread for this article