Posted by: AnandNepal April 18, 2020
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     0       ?        
जंगबहादुर अनौठै ब्यक्ति हुन ..
शक्ति हत्याउने देखि
कुटनितिबाट देशको सिमा बढाउने (पृथ्वि नारायणले युद्ध गर्नु परेको थियो, जंगबहादुरले त्यो पनि नगरि सिमा बढाए)
प्रेमिका त कति हो कति .. जहाँ पुगे पनि थपि हाल्ने :

https://youtu.be/mgGHoevrM5E

जंगबहादुरको मिथुन राशि मात्रै होइन ....
कुटनिति कस्तो थियो भन्ने बुझ्न यो भिडियो हेर्नुहोस :

https://youtu.be/wOBQ8uhM3-k

भिमसेनको पालामा 
गुमेको नेपालको भुमि .. यसरी फिर्ता भयो

मिति - १८५८ मार्च २३ तारिख
स्थान - लखनउ 

नेपालका श्री ३ जंगबहादुर शाह आँफ्नो दलबलका साथ लखनऊ छोडेर इलाहाबादको लागि रवाना भए । उनि अप्रिल १, १८५८ का दिन इलाहाबाद पुगे । इलाहाबादमा गभर्नर जनरल लर्ड क्यानिङले जंगबहादुरलाइ दिलदेखि नै भव्यताका साथ स्वागत गरे । एक हप्तासम्म जंगबहादुरको टोलिले बिभिन्न भेटवार्ता र कुटनितिक वार्ताहरु गरे। अनि, एक हप्ता पछि, अप्रिल ८ का दिन लर्ड, लर्ड क्यानिङ र जंगबहादुरको औपचारिक भेटवार्ता भयो । त्यस अवसरमा जंगबहादुरको कुटनितिले काम गर्यो । 
लर्ड क्यानिङले भने: ‘तपाईंको हामी ब्रिटिसमाथि ठूलो देन छ । तपाईंलाई खालि धन्यवादको शब्द मात्र पर्याप्त हुँदैन, तसर्थ पछि – परन्तुसम्म याद रहनाको खातिर तपाईंलाई र तपाईंको जनताको खातिर सन् १८१५ मा अङ्ग्रेजले नेपालबाट लिएको इलाका नेपाल सरकारलाई फिर्ता गर्ने भएको छ।॑"

यसरि जंगबहादुरले सन् १८१६ मा नेपालले गुमाकेको केहि भु-भाग फिर्ता ल्याएका थिए।

कुटनितिबाट देशको सिमा बिस्तार गरेका जंगबहादुर खुशि हुँदै इलाहाबादबाट काशी–वनारसतर्फ लागे । उनि काशीमा ६ दिनसम्म मुकाम गरेर बसे। उनको यो छोटो बसाइ पनि उपलब्धि मुलक बन्यो - उनले भारत– ‘कटक’ स्टेटकी राजकन्यासँग काशी विवाह गरी ‘गंगा महारानी’को पदसमेत दिई साथै काठमाडौं लिई आए । 

यो डबल सफलताले जंगबहादुर खुबै उत्साहित बनेका थिए। उनलाइ काठमाण्डौं पुग्न हतार थियो । काठमाण्डौं पुगेर यि सबै बखान सुनाउन हतार थियो। तेसैले उनले सक्दो छोटो बाटो रोजे काठमाण्डौं फर्कनको लागि। यसरि छोटो बाटो गरेर हिँड्दा, बलरामपुर स्टेटको बाटो हुँदै नेपाल फर्कंनु पर्ने भयो। 
उनले बलरामपुर स्टेटमा क्याम्प खडा गरेर बसे। त्यसरि क्याम्प खडा गरेर बसेको थाह पाउने बित्तिकै त्यहाँका स्थानिय राजाले उनको खातिरदारि गरुन भन्ने उनको ठुलो अभिलाषा थियो । तर, ति राजाले उनको वास्ता नै गरेनन।

देशमा नयाँ भुभाग जोडेन सफल भएका अनि नयाँ महारानि लिएर घर जाँदै गरेका जंगमा एक युद्ध जितेको उन्माद भरिएको थियो। यस्तो अबस्थामा अपमान सहने त कुरै भएन ।  

रिसले मुर्मुरिएका श्री ३ जंगले निज राजालाइ पक्रेर ल्याउने आदेश दिए। राजा ल्याइए, उनलाइ जंग बहादुरले गालि गरे, आंफ्नो रिस पखे अनि निर्ममता पुर्ण क्याम्पअगाडिको रूखमा बाँधेर राखियो। पछि ति राजाले ज्यादै नै रोई–कराई गरेर माफी समेत मागेपछि उनलाइ छोडिएको थियो। यसरि, इलाहबाद बाट देशको भुभाग जोडेर काशीबाट ‘गंगा महारानी’लिएर जंग बहादुर मे ४, १८५८ का दिन काठमाण्डौं फर्के। 
Last edited: 18-Apr-20 11:14 AM
Read Full Discussion Thread for this article