एकै विमानमा आएको नेपाल र चीनको स्वास्थ्य सामाग्री : मूल्यमा कति छ अन्तर ?
पालले खरिद गर्न लागेको एक करोड तीन लाख डलर बराबरको सामाग्रीको सूची बाहिर आएपछि धेरैले सरकारले खरिद गर्न लागेको सामाग्रीको मूल्य बजार भाउभन्दा महँगो भएको सर्वसाधारणले आरोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागका निर्देशक महेन्द्र श्रेष्ठले उक्त सूची आधिकारिक भएको रातोपाटीलाई जानकारी दिएका छन् । सामाजिक सञ्जालमा यतिबेला उक्त सामाग्री यतिमा पाइने भन्दै विभिन्न दर रेटहरु पोष्ट गरिरहेका छन् ।
नेपालको आयात कति महँगो ?
आज नेपाल एयरलाइन्सको विमानमा आएको १२.६६ टन स्वास्थ्य सामाग्रीमा नेपालले आयात गरेको सामाग्री मात्र थिएन । चीनको सिचुवान प्रान्त र चिनियाँ दूतावासले सहयोग गर्न लागेको सामाग्री र चिनियाँ अर्बपति ज्याक माले सहयोग गरेको सामाग्री पनि थियो ।
चिनियाँ पक्षले उक्त सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने क्रममा आफूले सहयोग गरेको सामाग्रीको सङ्ख्या त्यसको दर रेटसहित सार्वजनिक गरेको छ । त्यही आधारमा यहाँ नेपालले खरिद गरेको सामाग्रीको मूल्य र चिनियाँ पक्षले खरिद गरेको सामाग्रीको मूल्यलाई तुलना गरिएको छ ।
दुवै पक्षले खरिद गरेको सामाग्रीको गुणस्तर एकै प्रकारको हो भनेर अनुमान गरेर दुई पक्षले खरिद गरेको दरलाई तुलना गर्दा केही सामाग्री नेपाल पक्षले धेरै नै महँगोमा खरिद गरेको पाइएको छ । केही सामाग्री भने चीनभन्दा नेपालले सस्तोमा पनि खरिद गरेको पाइएको छ ।
हेर्नुहोस् तालिका (रातो – महँगो, हरियो–सस्तो)
नेपाल पक्षले खरिद गरेको सामाग्री सूची
चिनियाँ पक्षले खरिद गरेको सामाग्री सूची
सामाग्री खरिद गर्दा सामाग्रीको गुणस्तरले पनि बजारमा ठूलो प्रभाव पार्दछ । दुवै पक्षले कुन गुणस्तरको सामाग्री वा कुन कम्पनीको सामाग्री खरिद गरेको भनेर खुलाएका छैनन् । तर, केही सामाग्रीहरु भने अस्वभाविक रुपमा महँगोमा खरिद भएको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले पनि आफ्नो खण्डनमा सामाग्री किन महँगो भयो भनेर स्पष्ट पारेको छैन । मात्र टेन्डर प्रक्रियामा जान नपाएर व्यवसायीबाट सीधै किन्नुपर्ने बाध्यता आएको मात्र बताएको छ । बरु, महामारीको बेला खटिनेहरुमाथि प्रश्न नउठान भन्दै खण्डनमा तर्कभन्दा पनि ‘इमोसनल ब्लाकमेलिङ’ बढी गरेको छ ।
हेर्नुहोस्, चिनियाँ व्यवसायीले उपलब्ध गराएको सामाग्रीको कोटेसन
https://ratopati.com/story/123880/2020/3/29/health-equipment-from-china