Posted by: Khaobaadi_Netaa March 20, 2020
चितुवा घर भित्र पस्यो - भयभीत प्रहरी टोली सुईकुच्चा ठोके
Login in to Rate this Post:     0       ?        
विहीबार बिहानै ७ बजेतिरको समयमा पोखरा महानगरपालिका १३ मियापाटन बस्ने खगेन्द्र बहादुर गुरुङको घरमा चितुवा पसेको हो ।

 

गोरखाको गोरखा नगरपालिका ७ आमडाडा घर भई हाल औद्योगिक क्षेत्र डेरा गरी बस्ने वर्ष ३० को श्याम थापालाई उक्त चितुवाले आक्रमण गरेको हो । तत्काल घटनास्थलमा प्रहरी खटिएको थियो । ढोका खोल्ने बित्तिकै सशस्त्र प्रहरी नं.३४ गुल्म औद्योगिक क्षेत्रमा कार्यरत स.प्र.ह.वर्ष ३६ को फटिक मगरलाई झम्टिएको थियो । उनको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए । थापाको भने टाउको र दाहिने पाखुरामा आक्रमण गरेको छ । - https://www.gandaknews.com/2020/03/19/42248/

https://www.youtube.com/watch?v=CYD-mKd1euk



Last edited: 20-Mar-20 09:45 AM
Read Full Discussion Thread for this article