Posted by: AnandNepal March 18, 2020
आँचलको लेहेंगा ra मारुती ८०० कार आउने
Login in to Rate this Post:     0       ?        
लोल @Nas

यस्को .. भिडियो बनाइ सकेको छैन .... १-२ घण्टामा तयार होला..
त्यसबिच यो पढ्दै गर्नुहोला ;)


उदिप श्रेष्ठले बिवाहमा धेरै खर्च गरेको बारेमा आएका कमेन्टहरुको एक जवाफ दिएका छन कुन्ति मोक्तानको गित "कति जल्छौ आरिशले .. " ब्यकग्राउण्डमा बजाउँदै सोहन लुइँटेल ले लेखेको एक लामो स्ट्याटस शेयर गरेका छन।

लुइँटेलको स्ट्याटस जस्ताको तस्तै :

जिन्दगी भर दुख गरेर म पैसा कमाउछु भने त्यो पैसाले म मलाई मन पर्ने कुखुराको साप्रा खान्छु, film हेर्दै परिवार संग बसेर pizza खान्छु, कारमा चढेर हिड्छु मेरो मर्जी अब यहाँ कुनै माई का लाल ले आएर यो भन्न सक्दैन कि भुटेको भात खा, pizza को सट्टा उसिनेको आलु खा, कारको सट्टा साईकल मा हिड अनि बचेको पैसा फलानो ठाउँमा दान गर फलानो सस्था लाई दे फलानो देशलाई दे फलानो रंगशाला लाई दे ! मरि मरि रात दिन दुख गरेको किन मैले ? म भए ठाउँमा हजुर महोदय किन पुग्नु भएन पढने र परिश्रम गर्ने बेलामा त रैला गरेर बित्यो होला ? र अहिले मेरो पैसा मेरो इच्छा ले खर्च गर्दा नाक घुसार्न आउनु हुन्छ ? जिन्दगी भर रोएरै बिताउने ? आरिस गरेरै बिताउने ? अर्काको खुट्टा तानेरै बिताउने ? दान/सहयोग भनेको के हो ? आफ्नो इच्छाले आफुलाई पुग्ने भएसी गरिने कुरा हो ! म संग करोड होस् कि अरब होस् मलाई पुगेको छैन म अहिले गर्दिन जसरी हजुरहरु ले चाहानु भएको छ कि घरबार बेचेर सबै दान गरौ अनि म मेरो परिवार संग बाटोमा त्रिपाल लाएर बसौ ! देखेको र सकेको त गरेको छु नि फलानो लाई मुत्न गाह्रो भयो भनेर आफ्नो किड्नी दान गर्ने मा पर्दिन म ! बिल गेट भन्ने मान्छे संग यति पैसा छ कि उसले चाहाने हो भने एउटा पूरा अमेरिका लाई महिनौं सम्म पाल्न सक्छ अब के पाल्ने ? दिन मा करिब 1500+ मानिस भोक को कारण ले मर्छन अब के उनिहरुको हत्या भएको भनेर त्यसको आरोप बिलगेट लाई दिने ? महोदय सन्सार को नियम यहि हो जंगल मा बाघ नि हुन्छ हिरण नि हुन्छ अब बाघले हिरण खायो भनेर बाघ मार्न थालियो भने हिरणको सङ्ख्या यति बढ्छ कि जंगल बाट हरियो घाँस बिलुप्त हुन्छ ।........!! नराम्रो लाग्यो भने माफ पाउ महोदय तर कसैले आफ्नो बिहेमा हेलिकप्टर बाट बेहुली लगे पनि करोडौं को लुगा लगाए पनी त्यो उहाको आफ्नो इच्छा हो । यस्तो अशिक्षित र निच कार्य ले पुजीवादी व्यक्ति हरुलाई युरोप देश पलायन हुन बाध्य नबाउनु हुन आग्रह गर्छु । 62/63 मा बाघ धपाउने भएर आज स्याल को राज्यमा बस्नु परेको छ अब आदरणीय हरिण समुदायहरु आउने पिढिलाई बाघ बन्ने अवसर को सृजना गरौ । पैसा कमाउन सिकाउ राजा जस्तो भएर बाच्न सिकाउ ताकी उनिहरु ले पछि यो नभनुन कि पैसा त कमाउन सक्थे तर मेरो बाउ आमा लाई अरुको प्रगति देखेर आरिस लाग्छ


खासमा -- हुनेले खर्च गर्ने हो, खर्च गरेपछि देखाउनु परिहाल्यो नत्र खर्च गरेको के मतलव भयो । देखाएपछि अनेक टिका टिप्पणि भै हाल्छन । टिकाटिप्पणि नै भएन भने खर्च गरेको पो के मतलव भयो हैन र । तपाइहामिले टिका टिप्पणि गर्दैमा उहाँहरुलाइ केहि फरक नै पर्नु पर्ने हो जस्तो चाँहि मलाइ लाग्दैन । उहाँले "कति जल्छौ आरिशले .. " गित घन्काएर बसे भैगो नि - यो बारेमा तपाइके भन्नु हुन्छ कमेन्ट लेख्नुहोला । धन्यवाद ।

अनि, आँचललाइ जन्मदिनको मुरिकामुरि शुभकामना, बैवाहिक जिवन सफल होस्, फिल्ममा चाँढै देख्न पाइयोस - शुभकामना ।
Read Full Discussion Thread for this article