Posted by: AnandNepal March 5, 2020
नेपालमा Miss World
Login in to Rate this Post:     0       ?        
नेपाल आएर सारीमा मख्ख : बर्तमान मिस वर्ल्ड नेपालमा अनुष्कार शृंखलाले स्वागत गरे

https://youtu.be/bLb27ZRyHA8

बर्तमान मिस वर्ल्ड टोनी एन सिंह तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन्। मिस वर्ल्ड २०१९ सिंह र मिस वर्ल्ड प्रतियोगिता आयोजक संस्थाकि अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत उनि संगै नेपाल आएका छन ।

मार्च ५ २०२०, बिहिबार मध्यान्ह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा अवतरण गरेको यो मिस वर्ल्ड टिम संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएको समाचार मा उल्लेख गरिएको छ ।

यो टोलिलाइ त्रिभुवन विमानस्थलमा बर्तमान मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले र अघिल्लो बर्षकि मिस नेपाल वर्ल्ड शृंखला खतिवडाले स्वागत गरेका थिए। मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा सहभागी हुनका लागि नेपालमा निमन्त्रणा गरेको र सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएको बताएको छ।

मिस वर्ल्ड र उनको टोलि यहि शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुगेर मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले मिस वर्ल्डमा बिउटि विथ अ पर्पोज जित्ने प्रोजेक्ट अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अघिल्लो बर्षको मिस वर्ल्डको बिउटि विथ अ पर्पोज जित्ने प्रोजेक्ट पूर्व मिस नेपाल श्रृंखला खतिवडाले मकवनपुरमा गरिरहेको प्रोजेक्ट पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।

तिनै प्रोजेक्टका बिवरणहरु समावेश गरेको भिडियो कै आधारमा श्रेष्ठ र खतिवडाले ‘ब्युटी युथ पर्पोस’को टाइटल जित्न सफल भएको हुनाले ति प्रोजेक्ट मिस वर्ल्डको प्राथमिकतामा परेका हुन।
Read Full Discussion Thread for this article