Posted by: AnandNepal February 23, 2020
Helicopter चार्टर गरेर यस्तो भब्य केक .. सरकारि खर्चमा
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीको जन्मदिनमा भब्य केक

https://youtu.be/v-ZjacwEpaE

प्रधानमन्त्री केपी शर्मा ओली आँफ्नो जन्मदिन मनाउन भनेर हेलिकोप्टरमार्फत् चार्टर गरेर जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका गएका छन्। त्यहाँ २ हजार महिलालाई सारी, पुरुषलाई ज्याकेट अनि ५ हजारलाई खाना खुवाउने तयारि गरिएको समाचारमा उल्लेख भएको थियो।

ओलिको जन्मदिनमा काटने भनेर हेलिकप्टरमा केक लोड गरिएको भिडियो सामाजिक संजालमा भाइरल भै रहेको छ । अनि, अझ जन्मदिन मनाउनको लागि गाउँपालिकाका सबै कार्यालयमा बिदा दिइएको पनि खवर आएको छ ।

ओलिले जन्मदिन मनाउनको लागि भनेर आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए । तेस्तै प्रधानमन्त्रीको पुरानो घर निजकै हेलिप्याड समेत निर्माण गरिएको छ।जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले
एक सूचना प्रकाशित गर्दै आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । तेस्तै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि उर्दि जारि गरेको छ ।

२००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा जन्मेका ओलिको परिवार उनि १२ बर्ष हुँदा २०२० सालमा झापा बसाईं सरेको थियो।

स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम सहभागी हुने गरेका प्रधानमन्त्री चिकित्सकसंग सल्लाह गरेरै हेलिकप्टर मार्फत तेह्रथुम गएका हुन्।
Last edited: 24-Feb-20 07:09 AM
Read Full Discussion Thread for this article