Posted by: ktmpost February 18, 2020
राणा परिवारले खुट्टाको जल पिएर दिए विश्वकर्मालाई आफ्नी छोरी
Login in to Rate this Post:     0       ?        
काठमाडौं, ४ माघ । पछिल्लो समय अन्तरजातिय विवाह अलि बाक्लै हुन थालेको छ । हालै काठमाडौंको बानेश्वर ब्याँकेटमा भइरहेको एक अन्तरजातिय विवाहले पनि सबैको ध्यान तानेको छ । बाजागाजा सहित हिन्दु धर्म परम्परा अनुसार राणा परिवारको छोरी र विश्वकर्माको छोराबीच विवाह भइरहेको थियो । हिन्दु धर्म परम्परा अनुसार जग्य बनाइएको थियो भने , परिसरमा नौमती वाजा वजिरहेको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको जल खाँदै थिए ।

कुनै जमानामा दलितले छोएको पानी पनि नखाने कुरितीलाई ठाडो चुनौती दिँदै राणा परिवारले विश्वकर्माका छोराको गोडाको पानी पिएर छोरी अन्माइरहेका थिए । समाज परिवर्तनका लागि अन्तरजातिय विवाह गरेर उदाहरण राखेको यो परिवारले गोडाकै जल किन खाएको होला ? परिसरमा केहीले यस्तो पनि भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि । जलखान जरुरी छैन उनीहरुको तर्क थियो ।

तर दुलहीका मामाले जवाफ फर्काए छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । बेहुली पक्षकाहरुले धमाधम छोरी ज्वाईको गोडा धुन थालेपछि आएको यस्तो श्वमा दुलहीकी आमाले पनि जवाफ दिइन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ? यो त झन् ठूलो पुण्य पो त ।

यो महान विचार सहित गैरदलित परिवारले दलित युवकलाई राजीखुशी आफ्नी छोरी कन्यादान गरी विवाह गरिदिइ जातीय विवेद र छुवाछूतको सामाजिक वन्देज तोड्ने महान कार्य गरेका छन् । हाम्रो समाजमा वर्षौदेखि वाधक बन्दै आएको विभेदलाई हटाउनका लागि ललितपुरका राणा परिवारले साहसिक उदाहरण प्रस्तुत गरेका हुन् ।

ललितपुर गोदावरीका राजवहादुर राणा र भूमिका राणाले आफ्नी छोरी सुम्निमा राणालाई गोडा धोएरै कन्यादान गरी अभिराज लकान्द्री विश्वकर्मासंग विवाह गरिदिएका हुन् । सुम्निमा र अभिराज अमेरिकाको अलग–अलग शहरमा विगत चार–पाँच वर्षदेखि नै काम गर्दै आएका छन् । उनीहरुवीच केही समय अगाडिदेखिको प्रेम थियो,
लामो समय प्रेममा रहेका यि जोडीले आमाबुवाको अनुमतिमा आफ्नो लगनगाँठो कसेका हुन् । केटा पक्षवाट छोरी माग्न राणाको घरमा गएपछि कुनै नाइनास्तीबीना विवाह तय भएको थियो ।

दुवैपक्षका नातागोता, आफन्त इष्टमित्र भेला भई दुवैलाई जग्गेमा राखी विवाह गरिदिएका हुन् । दुलहा विश्वकर्मा समाजको वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्रीका छोरा हुन् । उनी अमेरिकामा बसेर मास्टर गर्दैछन् भने सुम्निमा पनि अमेरिकामा बसेर आइटी इन्जिनियर गरी काम गरिरहेकी छन् । उनी सेन्ट जेभिएर स्कुलकी फष्ट विद्याथी थिईन् । दुवै वीच भएको मगनी विवाहले समाजमा व्याप्त रहेको जातपात व्यवस्था केवल जातिवादी आडम्वर र रुढीवादी सोच रहेकोले प्रमाणित गर्दै यस्तो अन्तरजातीय विवाहले सवै जातिवीचमा भाइचारा, एकता र सहिष्णुता कायम गर्न उदाहरण दिएको छ । तस्बिर दलित अनलाईनवाट

http://etajakhabar.com/304970/

Read Full Discussion Thread for this article