Posted by: Dada_Giri December 10, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
यसमा १६ आना सहमत हुन सकिन्छ। खिम गुरुगंको गित सुनेर कुनै बिधालाई कुनै बिधामा ढालेको भन्न त सकिँदैन नि। वहाँले लोक गितलाई लोक गितकै रुपमा प्रतुत गर्न सक्नु भएको छ। पुर्वी पहाडको यस गितलाई आ नेपाली हरुले स्वागत गरे यस मानेमा कि यो गित सबैलाई कर्णपृय छ। ढेट पन पाइन्छ। भाका मात्र लिने प्रयास गर्नु भएको छैन। अझ गितको सुरुमा बहाँले बुढोको स्वरमा खोकेर झन ठेटपन थप्नु भएको छ जसले गितमा मिठास थपेको छ। अपभ्रसं गर्ने चेस्टापनि गरिएको छैन। हैन त ? मैले जोड दिएर भन्न खोजेको कुरा यही हो। भाका मात्र चोरेर अगाडि ल्याउने काम पनि त्यती सजिलो छैन, यसलाई मैले सुन भनेँ। तर भाव र गहिराई नखल्बलाइकन प्रस्तुत गर्न सक्नुलाई मैले सुन मा सुगन्ध भन्ने खोजेको मात्र। जुन कुरामा नेपथ्यको मैले उल्लेख गरेको गितमा कमजोरी महसुस गरेँ। त्यति मत्रै हो।
Read Full Discussion Thread for this article