Posted by: ktmpost December 11, 2019
सागमा स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा
Login in to Rate this Post:     0       ?        

काठमाडौं– सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् ।

बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कास्य विजेता खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका हुन् ।

सागमा नेपालले नेपालले ५१ स्वर्ण पदक जित्दा, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक हात पारेको छ ।

https://www.khabarhub.com/2019/11/109870/

Read Full Discussion Thread for this article