Posted by: ktmpost December 3, 2019
कस्टममा सुकुटी भेट्दा महिलाको भिसा रद्द
Login in to Rate this Post:     0       ?        
मासु बोकेर सिड्नी विमानस्थल पुगेकी महिलाको भिसा रद्द

मासु बोकेर अष्ट्रेलियाको सिड्नी विमानस्थल पुगेकी एक महिलाको भिसा रद्द भएको छ । अक्टोबरको दोस्रो साता मासुसहित अन्य खाद्यान्न बोकेर सिड्नी पुगेकी एक भियतनामी महिलाको भिसा रद्द भएको हो । भिसा रद्द भएपछि उनलाई सिड्नीको अध्यागमनले आफ्नो देश फिर्ता समेत गरेको थियो ।

४५ वर्षीय भियतनामी महिला १० किलो स्क्विड, बट्ट्याईं र करिब साढे ४ किलो सुँगुरको मासु तथा केही अण्डा लिएर सिड्नी पुगेकी थिइन् । सिड्नीमै बस्दै आएकी महिलाले आफूले ल्याएको सामनको बारेमा जानकारी नै नगराउँदा उनको भिसा रद्द भएको हो ।



अष्ट्रेलियाको सङ्घीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले यस कुराको खुलासा गरेकी हुन् । कृषि मन्त्रालयले स्वाइन फिभर फैलाउनसक्ने भन्दै उनको सामान जफत गरेर आफ्नै देश फर्काएको हो । उनले ल्याएको सुँगुरको मासुले फिबर ल्याउन सक्ने आंकलन गर्दै अध्यागमनका कर्मचारीले उक्त निर्णय लिएको मन्त्री मकेञ्जीले बताएकी थिइन् । उनका अनुसार आगामी दिनमा मन्त्रालय यस्तो कुरामा थप कडाइ गर्ने बताएको छ ।

मन्त्रालयले यस्तो खानेकुरा आफ्नो नबोक्न समेत भनेको छ । यस्तो खानेकुरामाथि जैविक सुरक्षा सम्बन्धी कानुन लाग्ने व्यवस्था अष्ट्रेलियामा छ ।

Read Full Discussion Thread for this article