Posted by: golan October 14, 2019
अमेरिकामा कार दुर्घटना,दुई नेपाली नागरिकको मृत्यु
Login in to Rate this Post:     0       ?        
अमेरिकास्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका दुई नागरिकको मृत्यु भएको छ।
गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका हुन्।
दुर्घटनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको र अर्की २२ वर्षीया सृजना विश्वकर्माको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गरेको छ।
घानाका कोबी स्टिलवेलले चलाएको ‌अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो। त्यस गाडीमा जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए।

कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो। जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ। स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो।

जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार थिए। पछि स्टिलवेको गाडी फेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो।

त्यहाँका स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमाछोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेका छन्। यद्यपी प्रहरीले भने उनीहरूको सम्बन्ध खुलाएको छैन।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
https://www.facebook.com/profile.php?id=100009763668008
Read Full Discussion Thread for this article