Posted by: AnandNepal October 1, 2019
सभामुख महरामाथि बलत्कारको आरोप
Login in to Rate this Post:     1       ?         Liked by
सभामुखमाथिको गम्भीर आरोपको छानबिन नागरिकसरह हुनुपर्छ : थापा
आश्विन १४, २०७६ दीपेन्द्र बडुवाल

(बुटवल) — नेपाली कांग्रेसका नेता गगन थापाले संघीय सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने बताएका छन् ।

मंगलबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुलुककै सम्मानित व्यक्तिमाथि लागेको आरोपले संसद्‌का सबै सदस्य स्तब्ध भएको र यस्तो गम्भीर आरोपको छानबिन आमनागरिक सरह नै हुनुपर्नेमा जोड दिए । ‘यो आरोप आम मान्छेमाथि लागेको भए के हुन्थ्यो ?,’ रिर्पोटर्स क्लब प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रश्न गर्दै उनले भने, ‘सभामुखमाथि पनि प्रचलित कानुनी व्यवस्था अनुसार छानबिन हुनुपर्छ ।’

अहिलेसम्मका विभिन्न घटनामा साख गुमाएको प्रहरी प्रशासन यस विषयमा कुनै दबाबमा पर्न नहुने उनको भनाइ थियो । ‘प्रहरीले आफ्नो गुमेको प्रतिष्ठा पुनर्स्थापना गरोस्,’ उनले भने, ‘व्यक्तिको पदको प्रभाव नदेखियोस् ।’ नैतिक प्रश्न उठेको र मुलुकको प्रतिष्ठासित गाँसिएकाले यो आरोप झुटो सावित होस् भनेर उनले कामना गरे ।
गम्भीर आरोप लागिसकेको अवस्थामा एउटा विज्ञप्तिबाट आरोपमा ‘रफादफा’ गर्न नहुने भन्दै उनले शंका निवारणका लागि सभामुखबाट सहयोग हुने विश्वास व्यक्त गरे । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’

उनले वर्तमान प्रहरी प्रशासन सरकारको निर्देशनमा चल्ने गरेको आरोप लगाए ।

प्रकाशित : आश्विन १४, २०७६

-कान्तिपुर दैनिक
Read Full Discussion Thread for this article