Posted by: _ September 23, 2019
के नेपालको झण्डा यति नराम्रो छ र?
Login in to Rate this Post:     0       ?        
जेसुकैमा निहुँ खोज्न सक्ने नेपालीहरू थोरै छन्, तर यदाकदा हल्ला निकै गर्छन। त्यस्तो आपत्तिजनक केहि देखिन मैले। नेपालको झण्डा देखाउन खोजेको, स्पस्ट रूपमा नेपालको झण्डा देखिएको छ.

आनन्दजीले झण्डालाइ ठाडो नदेखाई तेर्सो पार्ने सुझाब त दिनुभयो तर राष्ट्रिय झण्डा र रास्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को परिच्छेद २ दफा ११ बजोमिम बखेडा निस्कन सक्थ्यो। सम्पूर्ण स्वरूप नदेखाई चन्द्र र सुर्यको भाग मात्र भवनको शीर देखि पुछारसम्म छोपिने गरी देखाए पनि त्यसरी नै विवाद हुन सक्थ्यो। अझै निहुँ खोज्ने भए बुर्ज खलिफालाई झण्डा देखाउने अनुमति कसले दियो भन्न सकिएला, व्यापारिक प्रयोजनमा वा बिज्ञापनमा प्रयोग गर्न नपाइने कार्यविधि छ, यस्तै यस्तै जति पनि निहुँ खोज्न सकिन्छ; तर "फाइदा के?"


Read Full Discussion Thread for this article