Posted by: ktmpost May 19, 2019
हुण्डी गरेर नेपालबाट पैसा ल्याउन खोजि राख्नु भएको ? यो समाचार अवस्य पढ्नुहोला
Login in to Rate this Post:     0       ?        

५ जेठ, काठमाडौं । प्रहरीले ३४ लाख ८९ हजार २ सय रुपैयाँसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई छन् ।

महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार चाबहिलको दीर्घायु हस्पिटल पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

‘त्यहाँ कोठा भाडामै लिएर उनीहरुले हुण्डी कारोबार गरिरहेका रहेछन्’, उनले अनलाइनखबरसँग भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गरेका हौं ।’

बोगटीका अनुसार उनीहरुको साथबाट हुण्डी कारोबार उल्लेख भएको कागजपत्र र पैसा गन्ने उपकरण पनि बरामद भएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।

https://www.onlinekhabar.com/2019/05/766911

Read Full Discussion Thread for this article