Posted by: ktmpost February 26, 2019
चन्द्रागिरिमा मान्छेलाइ आक्रमण गरि मारेपछि राँगालाई प्रहरीले गोलि हाने
Login in to Rate this Post:     0       ?        

१४ फागुन, काठमाडौं । राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका-५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ  शनिबार (फागुन ११ गते) चन्द्रागिरि-९ मच्छेगाउँमा राँगाको आक्रमणबाट सख्त घाइते भएका थिए ।

उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । श्रेष्ठको मंगलबार नै अन्त्येष्टि गरिएको छ ।

घाइते मध्ये चन्द्रागिरि नगरपालिका-४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवि राना र वडानम्बर ९ का ८० वर्षीय काजी महर्जन भने डिस्चार्ज भएका छन् ।

राँगाको आक्रमणमा प्रहरी हवल्दारसहित आधा दर्जन मान्छे घाइते भएका थिए । आक्रमणमा ७० वर्षीय मानवीर महर्जनको शनिबार नै मृत्यु भएको थियो ।

आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोकमा गोली हानेर मारिसकेको छ ।

https://www.onlinekhabar.com/2019/02/745355

Read Full Discussion Thread for this article