Posted by: ktmpost February 24, 2019
वादविवाद हुँदा अमेरिकाको कनेटिकट राज्यमा एक नेपालीको गोली हानी हत्या
Login in to Rate this Post:     0       ?        

अमेरिकामा एक बन्दुकधारीको गोलीवाट एक नेपालीको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

केन्टकी राज्यको एलिजावेद टाउनमा टी मार्टका संचालक लमजुङ घर भएका सुवास घलेको ज्यान गएको हो ।

घटनामा परी अर्का प्रयास बानिया गम्भिर घाइते भएका छन् । उनको लुवेल अस्पतालमा उपचार भैरहेको छ । घले केही समयअघि टेक्ससको डलासवाट केन्टकी बसाइसरेका थिए ।

विहिवार राती करिव साढे ११ वजे एक बन्दुकधारी स्टोरमा प्रवेश गरी गोली हानेका थिए । ती हतियारधारीले आफ्नो प्रेमिकालाई समेत गोली हानी हत्या गरेको बताइएको छ ।

मृतकका वुवा आमा नभएको बताइएको छ । घलेका एक दिदी नेपाल र अर्की दिदी वेलायतमा वस्दै आएका छन् भने भाई सिंगापुरमा रहेका छन् ।


प्रहरीले घटनावारे पूर्ण जानकारी नगराएको भएपनि बन्दुकधारीसग सोही दिन दिउसो घलेको समान्य वादविवाद समेत भएको बताइएको छ ।

फोटो : घटनास्थल

https://www.khasokhas.com/78119?fbclid=IwAR2XC9Ybn0QcgJLb9KnYiqshZq7G6ZdwLXORj78OtVFJimqHVSHWMC29ZYk
Read Full Discussion Thread for this article