Posted by: ktmpost January 7, 2019
रवि लामिछानेको व्यक्तिगत सम्बन्ध उठाएर चरित्र हत्या गर्ने दुष्प्रयाश
Login in to Rate this Post:     0       ?        
Image result for rabi lamichhane

रवि लामिछानेले नेपाली समाजका लागि ठुलो देन दिएका छन् | देश भित्र अनि देश बाहिर बस्ने नेपालीहरुले न्याय नपाए रवि लामिछानेकोमा जानु भन्ने भनाइ नै चरितार्थ गरिसकेका छन् | रवि लामिछानेले नेपाल अनि नेपाली बीच भएका धेरै बिकृति अनि भ्रस्टाचारको भण्डाफोर गर्न सफल भएका छन् |

यसरी धेरै बिकृति र भ्रस्ताचारको भण्डाफोर गर्दा उनले धेरै सत्रु बटुलेकाछन् | नेपाल जस्तो जथाभाभी तन्त्रमा भिजिएका खुन्ख्वार ब्येक्तित्वहरुको लागि रवि लामिछाने सत्रु नै बनेका छन् | देशको आर्थिक र सामाजिक सन्तुलन नै डामाडोल भैराखेको बेला रवि लामिछाने जस्तो उज्ज्वल व्यक्तिले देश अनि देशवाशीहरुको लागि ज्वलन्त सकारात्मक उदाहारण बन्न सफल भएका छन् |
रवि लामिछानेको चिर परिचिर कामबाट रीसीईवी धारन गरेकाहरु निक्कै माथिसम्म पहूँच भएका व्यक्तिहरु पर्छन | हुन पनि हालै नेपालका सबैभन्दा सक्तिशाली मानिने प्रचण्ड उर्फ पुस्प कमल दाहाल नै अरबौं रुपियाँ अकूट भ्रस्टाचार गरी कमाएको सम्पत्ति बिस्तार गर्दै बसेका छन् भने अरु पर्दाफासमा परेकाहरु पनि मेडिया अनि उध्ध्योगपतिहरु पनि परेका छन् | यस्ता नै मानिसहरुको चलखेलमा आजकल दिनहुँ जस्तो रवि लामिछानेको बेइज्जतीको कुराहरु पत्रिकाहरुमा छ्याप्छ्याप्ती देखिन थालेको छ |

बुझ्नेहरुले त बुझिहाल्छन तर नबुझ्नेले यस्ता हावादारी व्यक्तिगत आरोप लगाएर रवि लामिछानेको प्रभाव कम गर्ने दुस्प्रयाश गर्दैछन् | कहिले भिसाको कुरा त कहिले ब्येक्तिगत नाताहरु लिएर आफ्नो बदनियति र कानुन बिपरितका कामकुरो लुकाउने प्रयाश भएको देखिन्छ | यसैले यस्ता एकललत्ठक कुराहरुलाई समय नदीइकन रवि लामिछानेलाई समर्थन गर्नु पर्ने बेला भएकोछ |

कसैको व्यक्तिगत मामिला भनेको व्यक्तिगत कुरा नै हो | जबसम्म कानुन बिपरित केहि भएको छैन त्येस्लाई नै मुख्य कुरा बनाएर कसैको चरित्र हरण गर्न मिल्दैन | रवि लामिछानेको अरु नारीहरुको सम्बन्ध एक अर्काको मन्जुरी मै भएका हुन् र केहि जबर्जस्ति भएको छैन | यस कारण रवि लामिछानेको नियत् माथि संका अथवा लान्छना लगाउनु भनेको नराम्रो कुरा लुकाउन खोजेको मात्र नभई त्येस्ता नराम्रा कुराहरु सार्वजनिक गर्न खोज्नेलाई रोक्न खोजेको भनेर राम्ररी बुझिन्छ |

सक्ने जत्ति शेर गर्नुहोस !
Read Full Discussion Thread for this article