Posted by: bhugolpark December 1, 2018
क्यानडा पठाइदिने भन्दै करोड बढीको ठगी
Login in to Rate this Post:     0       ?        
पक्राउ परेकी महिलाले १ करोड रुपैया भन्दा बढी ठगी गरेको उजुरीकर्ताको दावी छ । शैक्षिक परामर्श केन्द्र संचालन गर्ने सुनिता तिवारी वाइवाले १० जनाभन्दा बढी संग रकम असुलेको भेटिएको हो ।
उनले नक्कली कागजात तयार गरी भारत लगेर प्रति व्यक्ति ७ देखि १० लाख रुपैया असुलेको प्रहरी अनुसन्धानले देखाएको छ । ३७ वर्षिया सुनिताले काठमाडौंमा वेब्सटर एजुकेसन नेटवर्क संचालन गरिरहेकी छन् । उक्त शैक्षिक परामर्श केन्द्रबाट रोजगारीकै ग्यारेन्टी गरेर क्यानडा पठाइदिने लोभ देखाइएको थियो ।
बिना स्विकृत संचालित उक्त संस्थाबाट सुनिताले बिभिन्न पत्रपत्रिकामा विज्ञापन गर्ने र विदेशमा अध्ययन गर्न जान चाहने युवालाई क्यानडाको सपना देखाउने गरेको अनुसन्धानबाट देखिएको छ ।
थप पढ्न क्लिक गनुर्स
https://bit.ly/2U2VQbS
Read Full Discussion Thread for this article